९३ प्रतिशत भूकम्प पीडितले पाए पहिलो किस्ताको ५० हजार

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १९, २०७३
|
|
२२५ पटक हेरिएको
Shares

सारांश

  • भुकम्प अति प्रभावित १४ जिल्लामा निजी घरहरुको पुनर्निर्माणका लागि कूल अनुदान सम्झौताको ९३ प्रतिशत घरधनीले पहिलो किस्ताको ५० हजार रुपैया पाएका छन् ।
  • निजी घर पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका ५ लाख ५० हजार २ सय ४१ घरधनी मध्ये माघ १८ गतेसम्म ५ लाख १० हजार १ सय ३० ले पहिलो किस्ताको ५० हजार रुपैयाँ प्राप्त गरेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।
  • सिन्धुपाल्चोकमा अनुदान सम्झौता गरेका ७४ हजार ९ सय २४ घरधनीमध्ये ७४ हजार ९ सय १२ ले पहिलो किस्ताको अनुदान रकम प्राप्त गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

भुकम्प अति प्रभावित १४ जिल्लामा निजी घरहरुको पुनर्निर्माणका लागि कूल अनुदान सम्झौताको ९३ प्रतिशत घरधनीले पहिलो किस्ताको ५० हजार रुपैया पाएका छन् ।
निजी घर पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका ५ लाख ५० हजार २ सय ४१ घरधनी मध्ये माघ १८ गतेसम्म ५ लाख १० हजार १ सय ३० ले पहिलो किस्ताको ५० हजार रुपैयाँ प्राप्त गरेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।
सिन्धुपाल्चोकमा अनुदान सम्झौता गरेका ७४ हजार ९ सय २४ घरधनीमध्ये ७४ हजार ९ सय १२ ले पहिलो किस्ताको अनुदान रकम प्राप्त गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।
ओखलढुंगामा १८ हजार ३ सय १, नुवाकोटमा ६० हजार ४ सय ७४, रामेछापमा ३९ हजार ७ सय ५९, दोलखामा ४७ हजार ७९ ले अनुदान प्राप्त गरेका छन् ।
यस्तै गोरखामा ५२ हजार ६ सय ७५, काभ्रेमा ५९ हजार ७ सय ५१, रसुवामा ८ हजार ८ सय ४८, सिन्धुलीमा २६ हजार १ सय ६२, धादिङमा ५२ हजार ९ सय १७ र मकवानपुरमा १९ हजार ९ घरधनीले पहिलो किस्ताको अनुदान रकम प्राप्त गरेका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा अनुदान सम्झौता सम्पन्न गरेका ७१ हजार ६ सय ८३ घरधनी मध्ये ५० हजार २ सय ४३ ले पहिलो किस्ताको अनुदान प्राप्त गरिसकेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ । पहिलो किस्ताको अनुदान पाएर मापदण्ड अनुसार घरको जग निर्माण गरेका ७ सय २० घरधनीले दोस्रो किस्ता वापतको एक लाख ५० हजार रुपैयाँ प्राप्त गरिसकेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा एकैदिन करिब ९६ हजार कोरोना संक्रमित थपिए
भारतमा एकैदिन करिब ९६ हजार कोरोना संक्रमित थपिए
सुन प्रतितोला रु ८०० ले घट्यो
सुन प्रतितोला रु ८०० ले घट्यो
तनहुँ–१ मा कांग्रेसका भट्टराईको उम्मेदवारी दर्ता
तनहुँ–१ मा कांग्रेसका भट्टराईको उम्मेदवारी दर्ता
लोक सेवाले आह्वान गरेको कर्मचारी भर्नाको विज्ञापनप्रति राजपाको आपत्ति
लोक सेवाले आह्वान गरेको कर्मचारी भर्नाको विज्ञापनप्रति राजपाको आपत्ति
संक्रमितको संख्या २८ लाख नाघ्यो, मृतकको संख्या २ लाख नजिक
संक्रमितको संख्या २८ लाख नाघ्यो, मृतकको संख्या २ लाख नजिक
सम्पुर्ण नेपालिजनमा बिजया दशमि २०७४ को हार्दिक मंगलमय शसभकामना,
सम्पुर्ण नेपालिजनमा बिजया दशमि २०७४ को हार्दिक मंगलमय शसभकामना,
आजदेखि इम्बोसड प्रणाली शुरु: सरकारीमा अनिवार्य, निजीलाई स्वेच्छिक
आजदेखि इम्बोसड प्रणाली शुरु: सरकारीमा अनिवार्य, निजीलाई स्वेच्छिक
जेठ ११ गतेको राशीफल यस्तो छ, थाहा पाउनुस आज के गर्दा कुन राशीलाई उत्तम ?
पूर्वराजालाइ प्रधानमन्त्री अाेलीकाे चेतावनी !
पूर्वराजालाइ प्रधानमन्त्री अाेलीकाे चेतावनी !
पाकिस्तानमा आज आम निर्वाचन, ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन
पाकिस्तानमा आज आम निर्वाचन, ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन

तपाईंले छुटाउनुभयो कि?