थप १७ जना कोरोना संक्रमितको मृत्यु
सारांश
- काठमाडौं,२ मङ्सिर।
- कोरोना संक्रमणबाट आज थप १७ जनाको मृत्यु भएको छ ।
- योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १२४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं,२ मङ्सिर। कोरोना संक्रमणबाट आज थप १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १२४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित ५ सय ०२ थपिएका छन् । आज २८ सय ७८ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ११ हजार ४ सय ७५ संक्रमित भएपनि १ लाख ७९ हजार २ सय ४२ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया