संक्रमितको संख्या २८ लाख नाघ्यो, मृतकको संख्या २ लाख नजिक
सारांश
- काठमाडाैं।
- विश्वभर कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या २८ लाख नाघेको छ।
- अहिलेसम्म विश्वभर यो भाइरसबाट संक्रमित हुनेको संख्या २८ लाख ५ हजार पुगेको हो।
काठमाडाैं। विश्वभर कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या २८ लाख नाघेको छ। अहिलेसम्म विश्वभर यो भाइरसबाट संक्रमित हुनेको संख्या २८ लाख ५ हजार पुगेको हो।
विश्वभर भाइरसको कारण मृत्यु हुनेको संख्या पनि एक लाख ९५ हजार ६ सय पुगेको छ। भाइरसको कारण सबैभन्दा धेरै अमेरिकामा करिब ५२ हजार मानिसको मृत्यु भइसकेको छ भने इटालीमा २६ हजारभन्दा बढीको मृत्यु भएको छ। त्यस्तै स्पेनमा २२ हजार ५ सयभन्दा धेरै मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ। फ्रान्समा पनि यो भाइरसबाट मृत्यु हुनेको संख्या २२ हजार २ सय नाघिसकेको छ।
अहिलेसम्म अमेरिकामा भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ६ हजार पुगेको छ। अमेरिका यो भाइरसको कारण सबैभन्दा धेरै प्रभावित हुने मुलुक हो।
त्यस्तै स्पेनमा संक्रमितको संख्या २ लाख २० हजार नाघेको छ भने इटालीमा पनि एक लाख ९३ हजारभन्दा धेरै मानिसहरु यो भाइरसबाट प्रभावित बनिसकेका छन्। फ्रान्समा पनि भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ६० हजार नाघेको छ।
विश्वभर अहिलेसम्म ७ लाख ७६ हजारभन्दा धेरै मानिस निको भएर घर फर्किसकेका छन्। जर्मनीमा सबैभन्दा धेरै १ लाख ६ हजारभन्दा बढी मानिस निको भएका छन् भने स्पेनमा ९२ हजार ४ सय तथा अमेरिकामा ९० हजार र चीनमा ७७ हजारभन्दा बढी मानिस निको भएर घर फर्किसकेका छन्।
भारतमा ७ सय ८० जनाको मृत्यु भएको छ भने २४ हजार ५ सय संक्रमित भएका छन्।
प्रतिक्रिया