डोटी,नेपालगञ्ज,बाजुरा,धनगढी,प्यूठान,बाजुरा को ताजा पारीणाम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
३० पटक हेरिएको
Shares
डोटी,नेपालगञ्ज,बाजुरा,धनगढी,प्यूठान,बाजुरा को ताजा पारीणाम

सारांश

  • डोटीको आदर्श गाउपालिकामा नेकपा एमाले अगाडि डोटीको आदर्श गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।
  • गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार टेकबहादुर रोकायाले ७३ तथा उपाध्यक्षमा कमला ओझाले ७९ मत ल्याउनु भएको छ ।
  • यस्तै अध्यक्षमा कांग्रेसका लक्षणबहादुर सिंहले ६८ र उपाध्यक्षमा कृष्णा ओझाले ६१ मत ल्याउनु भएको छ ।

डोटीको आदर्श गाउपालिकामा नेकपा एमाले अगाडि

डोटीको आदर्श गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार टेकबहादुर रोकायाले ७३ तथा उपाध्यक्षमा कमला ओझाले ७९ मत ल्याउनु भएको छ ।

यस्तै अध्यक्षमा कांग्रेसका लक्षणबहादुर सिंहले ६८ र उपाध्यक्षमा कृष्णा ओझाले ६१ मत ल्याउनु भएको छ । यस्तै अध्यक्षमा माओेवादी केन्द्रका भरत बोहराले १२ तथा उपाध्यक्षमा सञ्जा रोकायाले १५ मत प्राप्त गर्नु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको मतगणना सुरु, वडा १ र २३ को गनिँदै

नेपालगञ्ज उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलका अनुसार वडा नम्बर १ र २३ बाट गणना सुरु भएको हो ।

नेपागञ्ज उपमहागरपालिकामा झण्डै ४९ हजार मत खसेको छ । उपमहानगरपालिकामा २३ वडा रहेका छन् ।

बाजुराको बडिमालका–३ मा एमालेको प्यानल विजयी

 बाजुराको बडिमालिका नगरपालिकाको वडा नम्बर ३ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ । वडा अध्यक्षमा एमालेका वीरबहादुर रावल ३ सय ४८ मत ल्याएर विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नन्दलाल खड्काले १ सय ४८ मत ल्याउनुभयो । यस्तै मेयरमा कांग्रेसका पदम बडुवालले ९१६, एमालेका गगन रावलले ८७७ र माओवादी केन्द्रका मनबहादुर बिक २० मत ल्याउनुभएको छ ।

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

कैलालीमा धनगढी उपमहानगरापालिकामा मतगणना सुरु भएको छ । वडा नम्बर १ बाट सुरु भएको मतगणनामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ३२ मत ल्याउनु भएको छ ।

नेपाली कांग्रेस ३०, माओवादी ७ र एमालेले ४ मत ल्याएको छ । मतगणना सुरु भएका टीकापुर नगरपालिकामा लोकतान्त्रिक फोरमले अग्रता लिएको छ भने जोशीपुर गाउँपालिकामा पनि लोकतान्त्रिक फोरमले नै अग्रता लिएको छ ।

भजनी त्रिशक्ति नगरपालिकामा पनि लोकतान्त्रिक फोरमले नै अग्रता लिएको छ । गौरीगंगा नगरपालिका, कैलारी गाउँपालिकामा पनि लोकतान्त्रिक फोरमको अग्रता छ ।

यस्तै बर्दगोरिया गाउँपालिकामा एमालेको अग्रता छ भने लम्की चुँवा नगरपालिका, घोडाघोडी नगरपालिका, चुरे गाउँपालिकामा पनि मतगणना सुरु भएको छ । तर अझै पनि गोदावरी  नगरपालिका र मोहन्याल गाउँपालिकामा अझै सुरु हुन सकेको छैन ।

प्यूठानः सरुमारानी र मल्लरानी दुवै एमाले अघि

प्यूठानका सरुमारानी र मल्लरानी गाउँपालिकामा मतगणना चलिरहेको छ ।  अहिले मतगणना भइरहेका दुईवटै तहमा एमाले अघि छ ।

मल्लरानी गाउँपालिकामा एमालेका अध्यक्ष उम्मेदवारले १९१ र उपाध्यक्ष उम्मेदवारले १६४, राष्ट्रिय जनमोर्चाका अध्यक्ष उम्मेदवारले १३२ र उपाध्यक्ष उम्मेदवारले १३१, कांग्रेसका अध्यक्ष उम्मेदवारले  १२४ र उपाध्यक्ष उम्मेदवारले १२३ तथा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवारले ९५ र उपाध्यक्ष उम्मेदवारले १०० मत प्राप्त गरेका छन् ।

यस्तै सरुमारानी गाउँपालिकाको अध्यक्षमा एमालेका अध्यक्ष उम्मेदवारले ३७९ र उपाध्यक्ष उम्मेदवारले ३६८, माओवदीका अध्यक्ष उम्मेदवारले ३१४ र उपाध्यक्ष उम्मेदवारले ३ सय ७, कांग्रेसका अध्यक्ष उम्मेदवारले   २ सय ७५ र उपाध्यक्ष उम्मेदवारले २ सय ८३ मत प्राप्त गरेका छन् । ७ गाउँपालिका र २ नगरपालिका रहेका प्यूठानका अन्य स्थानीय तहमा पनि मतगणनाको अन्तिम तयारी भइरहेको छ ।

बाजुराः बुढीनन्दा–१ मा कांग्रेसको प्यानल विजयी

 बाजुराको बुढीनन्दा नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ । १ नम्बर वडाको वडा अध्यक्षमा निर्पराज खत्री ४ सय ५ मत ल्याएर प्यानलसहित विजयी हुनु भएको हो ।

कांग्रेसका मेयरका उम्मेदवार पदम गिरीले ४१३, एमालेका मेयरका उम्मेदवार जनक बोहराले ३३८, माओवादी केन्द्रका भरत बिकले ९८ मत ल्याउनु भएको छ । उपमेयरमा कांग्रेसकी रीता शाही सिंहले ३५३, एमालेकी श्रृष्टि रेग्मीले ३९६ र माओवादी केन्द्रकी रामकला लोहारले ६१ मत ल्याउनु भएको छ ।

हिमाली गाउँपालिकाका चारवटा मतदान केन्द्रका मतपेटिका अझै पनि मतगणना स्थलसम्म ल्याउन सकिएको छैन । मौसम सफा नभएकोेले हेलिकोप्टर उड्न नसक्दा मतपेटिका ल्याउन नसकिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?