निलम्बन विवाद मिलाउन सभामुखले भेटे ओली, देउवा र दाहाललाई !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २, २०७५
|
|
३२ पटक हेरिएको
Shares
निलम्बन विवाद मिलाउन सभामुखले भेटे ओली, देउवा र दाहाललाई !

सारांश

  • काठमाडौँ,  २ जेठ ।
  • प्रतिनिधिसभाको नियमावलीमा फौजदारी अभियोग लागेका सांसद स्वत निलम्बन गर्ने र नगर्ने विषयमा दलहरुबीच देखिएको विवाद मिलाउन सभामुख कृष्णबहादुर महराले दलहरुसँग परामर्श गरेका छन्।
  • सत्ता र विपक्षी दलबीच निलम्बनबारे देखिएको विवाद हल गर्न सभामुख महराले बुधबार एमाले, कांग्रेस र माओवादी केन्द्रका प्रमुखलाई भेटर सहमतिको प्रयास गरेका हुन्।

काठमाडौँ,  २ जेठ । प्रतिनिधिसभाको नियमावलीमा फौजदारी अभियोग लागेका सांसद स्वत निलम्बन गर्ने र नगर्ने विषयमा दलहरुबीच देखिएको विवाद मिलाउन सभामुख कृष्णबहादुर महराले दलहरुसँग परामर्श गरेका छन्।

सत्ता र विपक्षी दलबीच निलम्बनबारे देखिएको विवाद हल गर्न सभामुख महराले बुधबार एमाले, कांग्रेस र माओवादी केन्द्रका प्रमुखलाई भेटर सहमतिको प्रयास गरेका हुन्।

उनले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर निलम्बनमा देखिएको विवाद सुल्झाउन दबाब दिइएको सभामुखको सचिवालयले जनाएको छ।

तर, दलहरु आआफ्नै अडानमा रहेको सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए। संसदमा पेश भएको मस्यौदामा तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने फौजदारी अभियोग लागेको सांसदले कुनै सुविधा नपाउने र सांसदको हैसितमा काम गर्न नपाउने प्रस्ताव नियमावली मस्यौदा समितिले पारित गरेर संसदमा पेश भए पनि एमालेले आफ्नो अडान दोहोर्‍याउँदै निलम्बन नै हुनुपर्ने संशोधन दर्ता गराएको छ।

एमाले–माओवादी फौजदारी अभियोग लागेको सांसद स्वत निलम्बन हुने पक्षमा छन् भने कांग्रेस, राजपा र फोरम स्वत निलम्बन गर्न नहुने अडानमा छन्। बुधबार नियमावली पारित गर्ने तयारी भए पनि कांग्रेसको विरोधका कारण रोकिएको छ। कार्यव्यवस्था समितिको बैठकमा कांग्रेसले आफ्नो सहमतिबिना नियमावली अघि बढाए संसद अवरोध गर्ने चेतावनी दिएपछि बुधबारको कार्यसूचीबाट हटाइएको छ।

स्रोतका अनुसार सभामुखले शुक्रबारसम्म सहमतिको प्रयास गर्ने नभए बहुमतले नियमावली पारित गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Krishna Thakuri

    भ्रष्टाचारी बलत्कारी जस्ता मुद्दा लागेका जुन सुकै पार्टीको भए पनि संसद हाेस या कर्मचारी हाेस स्वत निलम्बन हुने ब्यवस्था हुनुपर्छ

    Comment Author

    Subba Santosh

    जनताको म्यनडेड चहाना निलम्बित नै हुनु पर्छ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ