पेन्टागन हमलाकाे १७ वर्ष, ३ हजार भन्दा बढी मानिसकाे ज्यान गएकाे त्याे अक्रमण !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २६, २०७५
|
|
३८ पटक हेरिएको
Shares
पेन्टागन हमलाकाे १७ वर्ष, ३ हजार भन्दा बढी मानिसकाे ज्यान गएकाे त्याे अक्रमण !

सारांश

  • वासिङ्टन, २६ भदौ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी भूमिमा भएको सबैभन्दा ठूलो आतङ्कवादी हमलाको १७ वर्षका सिलसिलामा पेन्सिलभेनियाको स्मारकमा आयोजना गरिने विशेष कार्यक्रममा सहभागिता जनाउने तय भएको छ ।
  • सेप्टेम्बर ११, २००१ का दिन आतङ्ककारीले तीनवटा विमान अपहरण गरी अमेरिकाका महत्वपूर्ण तीनवटा संरचनामा आक्रमण गरेका थिए ।

वासिङ्टन, २६ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी भूमिमा भएको सबैभन्दा ठूलो आतङ्कवादी हमलाको १७ वर्षका सिलसिलामा पेन्सिलभेनियाको स्मारकमा आयोजना गरिने विशेष कार्यक्रममा सहभागिता जनाउने तय भएको छ । सेप्टेम्बर ११, २००१ का दिन आतङ्ककारीले तीनवटा विमान अपहरण गरी अमेरिकाका महत्वपूर्ण तीनवटा संरचनामा आक्रमण गरेका थिए । तीमध्ये दुईवटा विमानले न्यूयोर्कस्थित वल्र्ड ट्रेड सेन्टरमा आक्रमण गरिएको थियो भने एउटा विमानले अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनमा आक्रमण गर्ने योजना थियो । तर विमानमा सवार यात्रुको प्रतिरोधका कारण तेस्रो विमान पेन्टागन नपुग्दै श्याक्सनभिल्लेमा झरेको थियो । त्यस विमानमा सवार ४० जनाभन्दा बढी यात्रु र चालकदलका सदस्य सबैको मृत्यु भएको थियो ।

तर वल्र्ड ट्रेड सेन्टरमा भएको विमान आक्रमणबाट सबैभन्दा ठूलो क्षति भएको थियो । आतङ्कवादी संगठन अल–कायदाका नेता ओसामा बिन लादेनको निर्देशनमा भएको उक्त आक्रमणबाट तीन हजारभन्दा बढी मानिस मारिएका थिए । करिब एक दशकपछि तत्कालीन राष्ट्रपति बाराक ओबामाको आदेशमा अमेरिकी सेनाको कारबाहीमा मे २०११ मा बिन लादेन मारिएका थिए । “राष्ट्रपति ट्रम्प सहभागी हुने कार्यक्रममा त्यस विनाशकारी घटनाबाट ज्यान गुमाउनेहरुप्रति सम्मान प्रकट गरिनेछ, र त्यस आततायी घटना हुँदा जीवन जोखिममा राखेर उद्धार कार्यमा खटिने व्यक्तिहरुलाई सम्मान गरिनेछ,” ह्वाइट हाउसकी प्रवक्ता सराह हकाबी स्यान्डर्सले बताए ।

राष्ट्रपति चुनिएपछि गत वर्ष राष्ट्रपति ट्रम्प पहिलो पटक वार्षिक समारोहमा सहभागी  भएका थिए। उपराष्ट्रपति माइक पेन्स पनि मङ्गलबारको समारोहमा सहभागी हुने कार्यक्रम छ । सन् २००१ को आक्रमणका समयमा राष्ट्रपति ट्रम्प वल्र्ड ट्रेड सेन्टरबाट करिब ६.५ किलोमिटर टाढाको आफ्नै ट्रम्प टावरमा थिए । उनीसँग सेप्टेम्बर ११ को घटनाप्रति मिश्रित धारणा रहेकाे छ । उनले पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले अमेरिकी जनतालाई सुरक्षित राख्न नसकेको भन्दै आलोचना गरिरहेका छन् ।

ट्रम्पले टावर भत्किदाँ हजारौं मुस्लिमले न्यूजर्सीको जर्सी सिटीमा खुशियाली मनाएको बताएका छन् । तर मुस्लिम समुदायले त्यस्तो खुशीयाली मनाएको कुनै पनि टेलिभिजनले देखाउन सकेका छैनन् । ट्रम्पले न्यूयोर्क आक्रमणमा सयौं मित्रहरु गुमाएको बताउँदै आएका छन् । राष्ट्रपति ट्रम्पले मारिएका कुनै निश्चित व्यक्तिको नाम लिएका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अधिकारकर्मी खतिवडाको प्रश्न: सेवाको लागी पहुँचवालाहरु वाट सिफारीस गर्ने कहिलेसम्म ?
अधिकारकर्मी खतिवडाको प्रश्न: सेवाको लागी पहुँचवालाहरु वाट सिफारीस गर्ने कहिलेसम्म ?
उपचारका क्रममा ज्यान गुमाएकी बालिकाका आफन्त भन्छन् न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए
उपचारका क्रममा ज्यान गुमाएकी बालिकाका आफन्त भन्छन् न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए
देउवा र प्रचण्डलाई ठुलो झटका:नवराज सिलवाललाई आइजीपी बनाउन सर्बोच्च परमादेश
देउवा र प्रचण्डलाई ठुलो झटका:नवराज सिलवाललाई आइजीपी बनाउन सर्बोच्च परमादेश
अदालतमै गोविन्द केसीले प्रधानन्यायाधीशलाई माफिया भनेपछि…
प्रधानमन्त्री ओलीद्धारा राष्ट्रपतिलाई डाभोस बैठकबारे जानकारी
प्रधानमन्त्री ओलीद्धारा राष्ट्रपतिलाई डाभोस बैठकबारे जानकारी
नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु
नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु
बिहीबार यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
बस दुर्घटनामा परी २७ जनाको मृत्यु, २० घाइते
बस दुर्घटनामा परी २७ जनाको मृत्यु, २० घाइते
‘…ओली उपप्रधानमन्त्री बन्न सक्नुहुने थिएन’ : माधवकुमार नेपाल
‘…ओली उपप्रधानमन्त्री बन्न सक्नुहुने थिएन’ : माधवकुमार नेपाल
सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश