एमालेलाई हराउन हामी नै काफी भयौं : मन्त्री झाँक्री

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ६, २०७९
|
|
३७ पटक हेरिएको
Shares
एमालेलाई हराउन हामी नै काफी भयौं : मन्त्री झाँक्री

सारांश

  • काठमाडौं, ६ जेठ ।
  • नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अहिलेको स्थानीय तहको निर्वाचनको परिणाम आफूहरुकोलागि अपेक्षित नै रहेको बताएकी छिन् ।
  • उनले आफूहरुको लागि विद्रोह बाध्यता रहेको सुनाईन् ।

काठमाडौं, ६ जेठ । नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अहिलेको स्थानीय तहको निर्वाचनको परिणाम आफूहरुकोलागि अपेक्षित नै रहेको बताएकी छिन् । उनले आफूहरुको लागि विद्रोह बाध्यता रहेको सुनाईन् ।

आफ्नो पार्टीले अहिलेको स्थानीय तहको निर्वाचनबाट प्राप्त गरेको परिणामबाट विचलन नभएको उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले एमाले विशाल पार्टी नै भएको र अहिले एमालेलाई हराउन आफूहरु काफी नै भएको बताईन् । यसपटक आफूले पनि नेपाली कांग्रेसलाई मत हालेको उनले बताईन् । उनले आफूहरुको पुस्तामा लोकतान्त्रिक प्रक्रियामा हिँड्ने र एक अर्काको सह–अस्तित्व स्विकार गर्ने संस्कृति रहेको सुनाईन् । उनले आफू अहिलेपनि गठबन्धनकै पक्षमा रहेको स्पष्ट पारिन् । उनले यो गठबन्धन आजको जबरजस्त आवश्यकत्ताले बनेको दाबी गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?