अंग्रेजीमा देउडा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १८, २०७४
|
|
३० पटक हेरिएको
Shares
अंग्रेजीमा देउडा

सारांश

  • बझाङ : यो वर्ष यत्तिकै भैगो खेलौं आउन्या साल न छुटी नहुन्याँ भैगो छुट्छुट् माया जाल अंग्रेजीमा वी कुड नट फिनिस सिंगङ नाव वी विल नेक्स्ट इयर इट ह्याज बिकम कम्पल्सरी गेट सेपरेड डियर देउडा गीत कन्ने काट्यो धुपी सल्ला तेलेको लेक्भरी सब माया उकेरी लैजा नराखी सेक्भरी अंग्रेजीमा हु ह्याज कटअल दिजफर ट्री अल ओभर तेलेहिल रिमुभ अवे अलयुवर लव रेड्युस इट टु नली देउडाका थुप्रै गीत संकलन गरेर शिक्षक धनराज जोशीले अंग्रेजीमा लेखेका उल्था गरेका छन्।
  • उनले सुुर र तालको ख्याल गरी लेखेका अंग्रेजी डेउडा प्रचारप्रसार गर्न थालेका छन्।
  • लामो समय बाजुरामा अध्यापन गरी सेवानिवृत्त भएका जोशीले अंग्रेजीमा ‘देउडा इन इङ्लिस’ नामक किताब प्रकाशन समेत गरेका छन्।

बझाङ : यो वर्ष यत्तिकै भैगो खेलौं आउन्या साल
न छुटी नहुन्याँ भैगो छुट्छुट् माया जाल

अंग्रेजीमा
वी कुड नट फिनिस सिंगङ नाव वी विल नेक्स्ट इयर
इट ह्याज बिकम कम्पल्सरी गेट सेपरेड डियर

देउडा गीत
कन्ने काट्यो धुपी सल्ला तेलेको लेक्भरी
सब माया उकेरी लैजा नराखी सेक्भरी

अंग्रेजीमा
हु ह्याज कटअल दिजफर ट्री अल ओभर तेलेहिल
रिमुभ अवे अलयुवर लव रेड्युस इट टु नली

देउडाका थुप्रै गीत संकलन गरेर शिक्षक धनराज जोशीले अंग्रेजीमा लेखेका उल्था गरेका छन्। उनले सुुर र तालको ख्याल गरी लेखेका अंग्रेजी डेउडा प्रचारप्रसार गर्न थालेका छन्। लामो समय बाजुरामा अध्यापन गरी सेवानिवृत्त भएका जोशीले अंग्रेजीमा ‘देउडा इन इङ्लिस’ नामक किताब प्रकाशन समेत गरेका छन्। उनले डेउडा अरू गीतजस्तै अंग्रेजीमा पनि गाउन सकिन्छ भनेर नयाँ प्रयोग गरेका हुन्।

बझाङको छान्ना गाउँपालिका कालुखेती निवासी जोशी फुर्सदको समयमा जिल्लाका विद्यालयमा गएर विद्यार्थीलाई डेउडा अंगे्रजीमा पनि गाउन सकिन्छ भनेर सिकाउँदै आएका छन्। सत्यवादी उमावि भोपुरमा विद्यार्थीलाई अंग्रेजीमा डेउडा गाउन सिकाउँदै गरेका बेला भेटिएका जोशीले भने, ‘मेलापात, गाउँपाखामा भै‌सी चराउँदा पनि अंग्रेजीमा देउडा गाउन सक्नुपर्छ।’

अंग्रेजीको महत्व बढ्दै गएको र अब सबैले अनिवार्य रूपमा अंग्रेजी सिक्नुपर्ने आवश्यकता देखिएको धारणा राख्दै उनले भने, ‘देउडा सुदूरपश्चिमको लोकसंस्कृति हो, यसलाई अंग्रेजीमा गाएर विदेशीमाझ यसको महत्व र नेपालीपन चिनाउन जरुरी छ।’ नेपालमा डेउडा गीतलाई अंग्रेजीमा लेख्ने आफू पहिलो व्यक्ति भएको दाबी उनको छ।

‘देउडालाई अंग्रेजीमा भन्न सकिएला भनेर हामीले सोचेकै थिएनाै‌’, सत्यवादी उमाविका शिक्षक लक्ष्मणप्रसाद उपाध्यायले भने यसलाई सरकारी तहबाट पनि प्रचारप्रसार भएमा अंग्रेजीमा देउडा खेल्न सकिँदो रहेछ। त्यसो गर्दा स्थानीय लोकसंस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्ने उनको धारणा छ।

देउडा
विद्यार्थी त चौर माथि खेल्छन् नाच्छन् हेर
यो त हो सुनौलो मौका नफाल है खेर

अंग्रेजीमा गीत
इस्टुडेन्ट इन द फिल्ड प्लेएन्ड डान्स
डन्ट मिस एट एनी कस्ट इट्स अ गोल्डेन चान्स
..
‘अंग्रेजीमा देउडा लेखेको सुनेर अंग्रेजी सिक्न चासो बढ्यो’, कक्षा १० का विद्यार्थी गणेश जोशीले भने, ‘प्रयास गरेमा डेउडालाई अंग्रेजीमा भन्न सक्दा रहेछौं।’ सुदूरपश्चिममको मुख्य संकृति लोकदेउडालाई अंग्रेजी भाषामा देउडा बनाएर पुस्तक प्रकाशन गर्ने उनी पहिलो व्यक्ति हुन्।अन्नपूर्णपोस्ट बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चलचित्र ‘कीर्तिपुर’ असार १३ गतेदेखि देशरभरका सिनेमा हलमा प्रदर्शन हुँदै
चलचित्र ‘कीर्तिपुर’ असार १३ गतेदेखि देशरभरका सिनेमा हलमा प्रदर्शन हुँदै
रिलायवल डेभलपमेन्ट बैंक एक्विजिसनपछि ग्लोबल आइएमईद्वारा एकिकृत कारोबार शुरु
रिलायवल डेभलपमेन्ट बैंक एक्विजिसनपछि ग्लोबल आइएमईद्वारा एकिकृत कारोबार शुरु
मोडलिङ भन्दै युवतीलाई ’तान्त्रिक पूजा’मा पुर्‍याउने प्रयास असफल
मोडलिङ भन्दै युवतीलाई ’तान्त्रिक पूजा’मा पुर्‍याउने प्रयास असफल
पहिलो पटक नेपालमा मोटरसाइकल मार्शलिङ तालीम भदौं २८ र २९ गते काठमाडौंमा हुने
पहिलो पटक नेपालमा मोटरसाइकल मार्शलिङ तालीम भदौं २८ र २९ गते काठमाडौंमा हुने
टोटनह्यामद्धारा चेल्सी १–०ले पराजीत
टोटनह्यामद्धारा चेल्सी १–०ले पराजीत
सुनसरी गढी गाउँपालिका-६ को अध्यक्षमा कांग्रेसका साहु विजयी
सुनसरी गढी गाउँपालिका-६ को अध्यक्षमा कांग्रेसका साहु विजयी
साना ठुला सबै दलसंग तालमेलमा कांग्रेश: कुन जिल्लामा को संग ??
साना ठुला सबै दलसंग तालमेलमा कांग्रेश: कुन जिल्लामा को संग ??
पहिरनले वर्षा ट्रोलको सिकार भएकी वर्षाको पति संजोकको साथ
पहिरनले वर्षा ट्रोलको सिकार भएकी वर्षाको पति संजोकको साथ
मेघा लुब्रिकेन्टसले कम्बोडिया र थाइल्याणको ७ दिने भ्रमण गराउने !
मेघा लुब्रिकेन्टसले कम्बोडिया र थाइल्याणको ७ दिने भ्रमण गराउने !
भारतकै राष्ट्रपति जान नपाउने गर्भगृहमा पुग्दैछन् पूर्व राजा ज्ञानेन्द्र

तपाईंले छुटाउनुभयो कि?