मोडलिङ भन्दै युवतीलाई ’तान्त्रिक पूजा’मा पुर्‍याउने प्रयास असफल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ११, २०७६
|
|
५२ पटक हेरिएको
Shares
मोडलिङ भन्दै युवतीलाई ’तान्त्रिक पूजा’मा पुर्‍याउने प्रयास असफल

सारांश

  • काठमाडौं।
  • मोडलिङसम्बन्धी काम गर्ने भन्दै विराटनगर पुर्‍याएर २२ वर्षीया युवतीलाई ’तान्त्रिक पूजा’ गराउने तयारी गर्ने एक महिलासहित सात जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ।
  • प्रारम्भिक अनुसन्धानमा मोटो रकम लिएर उनीहरूले ती युवतीलाई भारत पठाउन लागेको देखिएको प्रहरीले जनाएको छ।

काठमाडौं। मोडलिङसम्बन्धी काम गर्ने भन्दै विराटनगर पुर्‍याएर २२ वर्षीया युवतीलाई ’तान्त्रिक पूजा’ गराउने तयारी गर्ने एक महिलासहित सात जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ।

प्रारम्भिक अनुसन्धानमा मोटो रकम लिएर उनीहरूले ती युवतीलाई भारत पठाउन लागेको देखिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार पक्राउ उनीहरूलाई मानव बेचबिखन अन्तर्गत सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

बोगटीले भनेस् “युवती खोज्दा राखिएका सर्तहरू र पक्राउ परेकासँग भेटिएका पूजा सामग्रीहरू हेर्दा मोडलिङका नाममा युवतीलाई तान्त्रिक काममा दुरूपयोग गर्ने गरी भारत लैजान लागेको देखिन्छ।“

मोडलिङमा काम दिने भन्दै पक्राउ परेकाहरूले युवतीको खोजी गरेका थिए।

तर उनीहरूले विभिन्न खालका सर्तहरू राख्न थाले पछि परिवारका सदस्यहरू प्रहरीको सम्पर्कमा आएको र प्रहरीले उनीहरूको पिछा गरेको बताइएको छ।

उनीहरूले मोडलिङका भन्दा पनि अनौठो खाले सर्तहरू राखेका कारण परिवार र प्रहरी सतर्क भएको थियो।

राखिएका केही सर्तहरू यस्ता थिए :

उचाइ ठीक छ फिट हुनुपर्ने,
कार्यक्रमको समयमा महिनावारी भएको ११ दिनभन्दा बढी हुनुपर्ने,
शरीरमा चोटपटक लागेको हुन नहुने र
कुनै पनि शल्यक्रिया गरेको हुन नहुने।
ती युवतीमा यी सबै कुरा मिलेपछि उनको भिडिओ खिचेर विराटनगर पठाइएको र ठिक छ भन्ने जवाफ आएपछि एक महिलाले हवाईजहाजबाट युवतीलाई विराटनगर पुर्‍याएको प्रहरीले बताएको छ।

मोडलिङको रुचि भएकी युवतीलाई सुरुमा काठमान्डूमै काम गर्नुपर्ने भनिए पनि दोस्रो स्थानका रूपमा कोटेश्वर र तेस्रो स्थानको रूपमा विराटनगर तोकिएको जानकारी दिइएको प्रहरी अनुसन्धानमा खुलेको छ।

पक्राउ परेकामध्ये एकजना हातहतियार खरखजना र शरीर बन्धक मुद्दामा सप्तरीबाट धरौटीमा छुटेका व्यक्ति भएको बताइएको छ।

विराटनगर जाने कुरामा युवतीले आनाकानी गरेपछि ५० हजार पारिश्रमिक दिने भन्दै २६ हजार पेस्की दिएको र आउनेजाने टिकट व्यवस्था गरेको युवतीले प्रहरीलाई बताएकी छन्।

विराटनगरमा उनलाई धर्मशालामा राखेको र लुगा किन्ने बहानामा सीमाको जोगबनी लगेर उचाइ नाप्ने र शरीरको घाउचोट हेर्ने काम भएको प्रहरीको भनाइ छ।

भारत पुर्‍याउने व्यवस्थापनका लागि विभिन्न समूहमा मानिस परिचालन भएको प्रहरीले बताएको छ।

अन्तिम योजनाका बारेमा पक्राउ परेकाहरू जानकार नभएकाले त्यसबारेमा प्रष्ट हुन नसकेको प्रहरीको भनाइ छ।

तर पक्राउ गरिएकासँग कालो धागो र रातो कपडाको बुटीजस्ता तान्त्रिक पूजा गर्ने खालका सामग्रीहरू भेटिएकोले प्रहरीले हत्या योजना भएकै आशङ्कामा अनुसन्धान अगाडि बढाएको बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आलेख ः ऐतिहासिक स्थल ज्यामरुककोटलाई उजिल्याउने पहल भएन
आलेख ः ऐतिहासिक स्थल ज्यामरुककोटलाई उजिल्याउने पहल भएन
‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, अब कार्तिक २१ गते विश्वव्यापी प्रदर्शनमा आउने
‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, अब कार्तिक २१ गते विश्वव्यापी प्रदर्शनमा आउने
उदयपुर नेपालटारमा आगलागी हुँदा १ जनाको ज्यान गयो, १२ घर नष्ट
उदयपुर नेपालटारमा आगलागी हुँदा १ जनाको ज्यान गयो, १२ घर नष्ट
सरकार र कांग्रेस दुवै असफल, राजतन्त्र फर्किन सक्छ : अध्यक्ष राणा
सरकार र कांग्रेस दुवै असफल, राजतन्त्र फर्किन सक्छ : अध्यक्ष राणा
भक्तपुर क्षेत्र नं २ मा कांग्रेस अग्रता : मतगणना जारी
भक्तपुर क्षेत्र नं २ मा कांग्रेस अग्रता : मतगणना जारी
फागुमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा
फागुमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा
शरणार्थी प्रकरण : गम्भीर छानबिन गर्न सांसदको माग
शरणार्थी प्रकरण : गम्भीर छानबिन गर्न सांसदको माग
उपनिर्वाचन : तनहुँमा ३५ प्रतिशत मत खस्यो
उपनिर्वाचन : तनहुँमा ३५ प्रतिशत मत खस्यो
नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो
पतिसँग ‘छुटिएकाे ४ बर्षकाे खुशिमा’ मन्त्री रवीन्द्र अधिकारीले भने– राम्रो भयो !
पतिसँग ‘छुटिएकाे ४ बर्षकाे खुशिमा’ मन्त्री रवीन्द्र अधिकारीले भने– राम्रो भयो !