राष्ट्रपतिमा विद्या भण्डारी नै दोहोरिने
सारांश
- काठमाडौं, १८ फागुन – वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने भएको छ।
- निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको हो।
- फागुन २९ मा राष्ट्रपति निर्वाचन हुने कार्यक्रम छ।
काठमाडौं, १८ फागुन – वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने भएको छ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको हो। फागुन २९ मा राष्ट्रपति निर्वाचन हुने कार्यक्रम छ। आजको अन्नपूर्ण पोष्टमा नरेन्द्र साउदले खबर लेखेका छन् ।
संघीय संसद् र प्रदेश संसद्का सांसदहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता भएकाले गठबन्धनसँग स्पष्ट बहुमत छ। गठबन्धनका एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले नै लिने अनौपचारिक सहमति भइसकेको बताइएको छ।
एमाले वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता अमिक शेरचनले राष्ट्रपतिका लागि इच्छा देखाए पनि बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई नै दोहोर्याउने निश्चितप्राय रहेको एमालेका एक वरिष्ठ नेताले जानकारी दिए।
२३ गते राष्ट्रपतिको मनोनयन भएकाले २२ गते स्थायी समितिको बैठक बस्ने एमालेका ती नेताले दाबी गरे।
‘हाम्रो पार्टीको आगामी स्थायी समिति बैठकले सर्वसम्मत रूपमा राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्याउने निर्णय गर्दै छ’, एमालेका ती नेताले अन्नपूर्णसँग भने, ‘राष्ट्रपतिका लागि कुनै विवाद छैन।’
वरिष्ठ नेता खनाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने पक्षमा पार्टी अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाललगायत नेता नरहेको दाबी स्रोतको छ।
प्रतिनिधिसभामा इलामबाट विजयी खनालले राष्ट्रपतिमा सुरुदेखि नै इच्छा देखाउँदै आएका छन्। विगतमा पनि खनालले राष्ट्रपति पदका लागि इच्छा राखे पनि एमालेले भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो। राष्ट्रपति पदको उम्मेदवारको प्रस्तावक वा समर्थकमध्ये एक वरिष्ठ नेता खनाल हुने पनि ती नेताले दाबी गरेका छन्।
माओवादी केन्द्रका नेता शेरचनले पनि राष्ट्रपतिमा दाबी गरे पनि एमाले अध्यक्ष ओलीले भण्डारीलाई नै दोहोर्याउने संकेत दिएपछि शेरचनले उपराष्ट्रपतिमा इच्छा व्यक्त गरेका छन्। तर, माओवादी केन्द्रले उपराष्ट्रपतिमा पनि बहालवाला नन्दबहादुर पुनलाई नै दोहोर्याउने तयारी गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए।
‘राष्ट्रपति यथावत् रहने भए उपराष्ट्रपति पनि फेरिने सम्भावना छैन’, माओवादी केन्द्रका ती नेताले भने।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकतामा सहमति भएलगत्तै बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिले दोहोरिने ‘लबिङ’ गरेका थिए। सामान्यतः राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल ५ वर्षको हुने भन्दै उनीहरूले आफूहरूको कार्यकाल २ वर्ष मात्र पुगेको भन्दै दोहोरिन ‘लबिङ’ गरेका थिए।
नयाँ संविधान जारी भएपछि राष्ट्रपतिमा भण्डारी र उपराष्ट्रपतिमा पुन निर्वाचित भएका थिए। राष्ट्रपति र उपराष्ट्रपति नयाँ बनाउँदा पुरानालाई पनि सुविधा दिनुपर्ने भएकाले बहालवालालाई नै पुनः निर्वाचित गर्ने पक्षमा गठबन्धनका नेताहरू उभिएको एमाले उच्च स्रोतले जानकारी दियो।
Fatta Kushmi
Marne belama hariyo kaakro?
Keshav Kandel
Galat
Shamsuddin Siddique
Na hune kuraa ho.
Amrit Bohara
दोहोरिए राम्रो देशको खर्च त कम हुन्छ
Nabaraj Koirala
जो सुकै होस जो सुकै होस कुनै मत्लब छैन
Thapachhabiraj Thapa
Good
Ramesh Pandey
Dohorine hola kinki n kehi garnu xa n kehi banaunu nai xa ..k
Hari Lamichhane
दोहोरिएको राम्रो।राष्ट्रिय धनको बचत।
जगद बाहदुर नेपाली
रासट पती भीमबादू रावल लाइ बनाउनुप्रछ