रिलायवल डेभलपमेन्ट बैंक एक्विजिसनपछि ग्लोबल आइएमईद्वारा एकिकृत कारोबार शुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
२९ पटक हेरिएको
Shares
रिलायवल डेभलपमेन्ट बैंक एक्विजिसनपछि ग्लोबल आइएमईद्वारा एकिकृत कारोबार शुरु

सारांश

  • काठमाण्डौ ।
  • ग्लोबल आइएमई बैंक लिमिटेडले रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाई असार २५ गते एक्विजिसन सम्पन्न गरी एकिकृत कारोबार सञ्चालन गरेको छ ।
  •  अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको समुद्घाटन गरे ।

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाई असार २५ गते एक्विजिसन सम्पन्न गरी एकिकृत कारोबार सञ्चालन गरेको छ ।  अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको समुद्घाटन गरे ।

११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको रिलायबल डेभलपमेन्ट बैंकले ग्रामिणस्तर सम्म १७ वटा शाखा मार्फत बैंकिङ्ग कारोबार गर्दै आएको थियो । उक्त बैंकको रु.८ अर्व निक्षेप, रु.७ अर्व कर्जा तथा  रु.१ अर्व १ करोड चुक्ता पूँजी रहेको थियो ।

ग्लोवल आई एम ई बैंकले नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको मर्जर र प्राप्ती नितिलाई अंगिकार गर्दै हालसम्म १० वटा बैक तथा वित्तिय संस्थाहरुलाई मर्जर र प्राप्ती गर्ने वाणिज्य बैक रहेको छ ।

यस प्राप्ती पश्चात् ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड पुगेको छ  भने कुल निक्षेप ९७.७० अर्व, कर्जा लगानी रु. ८२ अर्व, शाखा संख्या ११२, भारत तथा अस्ट्रेलियामा प्रतिनिधि कार्यालय, एटिएम ११४, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ शाखारहित बैंकिङ्ग सेवा तथा ग्राहक संख्या ७ लाख भन्दा बढि पुगेको छ ।

रिलायबल डेभलपमेन्ट बैंक  एक्विजिसनपछि आगामी दिनमा आफ्ना ग्राहकलाई अझ बिस्तारित रुपमा गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने बिश्वास एंव प्रतिबद्धता ग्लोवल आई एम ई बैंकले व्यक्त गरेको छ ।

बैंकले यसअघि आईएमई फाइनान्सियल इन्स्टिच्युसन, लर्ड बुद्ध फाईनान्स, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक, कर्मज एण्ड ट्रष्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंकसंग सफल मर्जर तथा प्राप्ती गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिकूल समयमा सङ्घीय संसद्को भूमिका झनै महत्वपूर्ण हुन्छ : सभामुख (अन्तर्वार्ता)
प्रतिकूल समयमा सङ्घीय संसद्को भूमिका झनै महत्वपूर्ण हुन्छ : सभामुख (अन्तर्वार्ता)
२ दशक संगीत क्षेत्रमा आफ्नो जीवन अर्पेका संगीतकार तथा गायक कमल सौरागको एकल साँझ भब्य रुपमा सम्पन्न हुदै
२ दशक संगीत क्षेत्रमा आफ्नो जीवन अर्पेका संगीतकार तथा गायक कमल सौरागको एकल साँझ भब्य रुपमा सम्पन्न हुदै
महिलाले गरेको आन्दोलनको कारण प्राप्त उपलब्धीलाई संस्थागत गर्दै अघि वढ्नुपर्छ: उपमेयर हरिप्रभा खड्गी
महिलाले गरेको आन्दोलनको कारण प्राप्त उपलब्धीलाई संस्थागत गर्दै अघि वढ्नुपर्छ: उपमेयर हरिप्रभा खड्गी
धुर्मुस सुन्तलीको सिको गर्दै गिरानचौरमै अर्को एकीकृत बस्ती
धुर्मुस सुन्तलीको सिको गर्दै गिरानचौरमै अर्को एकीकृत बस्ती
कोलम्बियामा कोरोना रोकथाममा खटिएका सात सैनिकद्वारा आदिवासी किशोरीमाथि बलात्कार
कोलम्बियामा कोरोना रोकथाममा खटिएका सात सैनिकद्वारा आदिवासी किशोरीमाथि बलात्कार
कर्मचारीको भ्रमण मोह: एक बर्षमै १६७ विदेश पुगे
कर्मचारीको भ्रमण मोह: एक बर्षमै १६७ विदेश पुगे
प्रधानमन्त्री शेख हसिना विजयी : बंगलादेश
प्रधानमन्त्री शेख हसिना विजयी : बंगलादेश
भारतीय लोकसभा चुनावः बिजेपी बहुमत नजिक
भारतीय लोकसभा चुनावः बिजेपी बहुमत नजिक
साना समुहले हतियार बुझाउन थाले
साना समुहले हतियार बुझाउन थाले
आए चन्द्र शर्मा र आयुशा राई “माया हो…” लिएर बजारमा (भिडियो पनि)
आए चन्द्र शर्मा र आयुशा राई “माया हो…” लिएर बजारमा (भिडियो पनि)

तपाईंले छुटाउनुभयो कि?