आईसीसीद्धारा नेपाली क्रिकेट खेलाडीको रोकिएको मासिक तलब निकासा

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
आईसीसीद्धारा नेपाली क्रिकेट खेलाडीको रोकिएको मासिक तलब निकासा

सारांश

  • काठमाडौं, २६ माघ ।
  • आईसीसीले नेपाली क्रिकेट खेलाडीहरुको मासिक तलब निकासा गरेको छ ।
  • सन् २०१६ देखि रोकिएको तलबबापतको रकम आईसीसीले आज राखेपको खाता रहेको स्टाण्डर्ड चार्टड बैंकमा एकमुष्ट १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ पठाएको हो ।

काठमाडौं, २६ माघ । आईसीसीले नेपाली क्रिकेट खेलाडीहरुको मासिक तलब निकासा गरेको छ । सन् २०१६ देखि रोकिएको तलबबापतको रकम आईसीसीले आज राखेपको खाता रहेको स्टाण्डर्ड चार्टड बैंकमा एकमुष्ट १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ पठाएको हो ।

२०१६ देखि नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि रोकिएको नेपाली खेलाडीहरुले पछिल्लो समय तलब पाउन सकेका छैनन् । क्यान निलम्बनमा परेपछि प्रत्यक्ष रुपमा आईसीसीले नेपाली क्रिकेटको रेखदेख गर्दै आएको छ ।

ए श्रेणीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी छन् ।  बी श्रेणीमा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन छन् ।

सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलिपनाथ, सुनील धमला, सुशन भारी, किशोर महतो र विनोद भण्डारी रहेका छन् । खेलाडीहरुको तलब निकासा भएकाले अबको एक दुई दिनमा वितरण गरिने पनि राखेपको तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?