जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न सर्वोच्चको अन्तरिम आदेश

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २९, २०७७
|
|
२० पटक हेरिएको
Shares
जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सारांश

  • काठमाडौं, २९ भाद्र ।
  • सर्वोच्च अदालतले जग्गाको कित्ताकाट गर्न दिने सरकारको निर्णय हाललाई रोक्न आदेश दिएको छ ।
  • आज सर्वोच्च अदालतले कित्ताकाट खोल्ने भुमि व्यवस्थापन मन्त्रालयको निर्णय कार्यान्वन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो ।

काठमाडौं, २९ भाद्र । सर्वोच्च अदालतले जग्गाको कित्ताकाट गर्न दिने सरकारको निर्णय हाललाई रोक्न आदेश दिएको छ । आज सर्वोच्च अदालतले कित्ताकाट खोल्ने भुमि व्यवस्थापन मन्त्रालयको निर्णय कार्यान्वन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलाशले अन्तरिम आदेश जारी गरी जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न अन्तरिम आदेश जारी गरेको हो । सन्तोष भण्डारीले दायर गरेको मुद्दामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहस गरेका थिए ।

त्रिपाठीले भुमाफियाको योजना अनुसार कित्ताकाट खोल्ने निर्णय भएको भन्दै यसलाई तत्काल रोक्ने आदेश दिनुपर्ने तर्क गरेका थिए ।

यसअघि भुमि व्यवस्थामन्त्री पद्मा अर्यालले कित्ताकाट खोल्ने निर्णय गरी सम्बन्धी निकायमा परिपत्र समेत जारी गर्न लगाएकी थिइन् । कित्ताकाट खोल्ने सरकारको निर्णयको सर्वत्र विरोध भएको थियो ।

सर्वोच्चले खेती गरिनुपर्ने उर्वरा जग्गाको व्यापक विनाश हुने हुँदा हाललाई सो निणय कार्यान्वयन नगर्नु भनी आदेश जारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?