अधिवक्ता न्यौपानेद्धारा माधव नेपाल र बाबुरामविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दायर

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २९, २०७६
|
|
२६ पटक हेरिएको
Shares
अधिवक्ता न्यौपानेद्धारा माधव नेपाल र बाबुरामविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दायर

सारांश

  • अधिवक्ता न्यौपानेद्धारा माधव नेपाल र बाबुरामविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दायरकाठमाडौ, २९ माघ ।
  • बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
  • अधिवक्ता न्यौपानेले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौति दिँदै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई विरुद्व पनि मुद्दा दायर गर्न माग गर्दै रिट दायर गरेका हुन।

अधिवक्ता न्यौपानेद्धारा माधव नेपाल र बाबुरामविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दायरकाठमाडौ, २९ माघ । बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । अधिवक्ता न्यौपानेले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौति दिँदै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई विरुद्व पनि मुद्दा दायर गर्न माग गर्दै रिट दायर गरेका हुन।

अख्तियारले गत गत साता १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। यही प्रकरणमा अख्तियारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा दायर गरेकोमा कांग्रेसले विरोध गरेको थियो । उसले लगातार तीन दिनसम्म संसद अवरुद्ध समेत गरेको थियो । कांग्रेसले पनि यो प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई किन चोख्याईयो ? भन्दै आवाज उठाउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?