साईबर सुरक्षा तथा अपराध अन्तर्राष्ट्रिय चासोको
सारांश
- काठमाडौं ।
- प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले साईबर सुरक्षा तथा अपराध अन्तर्राष्ट्रिय चासोको विषय भएको उल्लेख गर्दै वर्तमान सन्दर्भमा नेपालमा यसको सुरक्षा प्रविधिको विकास गर्नका लागि सरोकारवाला पक्षहरुबीच समन्वय गर्नुपर्नेमा जोड दिएका छन् ।
- साईबर सुरक्षा तथा साईबर अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले साईबर अपराध अनुसन्धानको क्रममा सो सम्बन्धी सूचना प्राप्त गर्न कठिन रहेको अवस्थामा सरोकारवाला निकायबीच समन्वय गरी तुरुन्त सूचना पाउन सक्ने वातावरण सिर्जना गर्न तथा आगामी कार्यदिशा बनाउनुपर्नेमा जोड दिए ।
काठमाडौं । प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले साईबर सुरक्षा तथा अपराध अन्तर्राष्ट्रिय चासोको विषय भएको उल्लेख गर्दै वर्तमान सन्दर्भमा नेपालमा यसको सुरक्षा प्रविधिको विकास गर्नका लागि सरोकारवाला पक्षहरुबीच समन्वय गर्नुपर्नेमा जोड दिएका छन् ।
साईबर सुरक्षा तथा साईबर अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले साईबर अपराध अनुसन्धानको क्रममा सो सम्बन्धी सूचना प्राप्त गर्न कठिन रहेको अवस्थामा सरोकारवाला निकायबीच समन्वय गरी तुरुन्त सूचना पाउन सक्ने वातावरण सिर्जना गर्न तथा आगामी कार्यदिशा बनाउनुपर्नेमा जोड दिए ।
त्यसैगरी अपराध सम्बन्धी, संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव महेन्द्रप्रसाद साँखी, सूचना प्रविधि विधयक, नेपाल राष्ट्र बैंकका डेपुटी डाइरेक्टर अजित रेग्मीले वित्तिय क्षेत्रमा सुरक्षा सम्बन्धी नीति तथा चुनौति, नेपाल दूरसंचार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले साईबर सुरक्षा सम्बन्धमा नियामक निकायको भूमिका र नेपाल बैंकर एसोसियसनका प्रतिनिधि सुजित श्रेष्ठले बैंक तथा वित्तिय संस्थाको वर्तमान साईबर सुरक्षाको अवस्था लगायतका विषयमा प्रस्तुतिकरण दिएका थिए ।
प्रस्तुतीकरण पछिको खुल्ला छलफलमा प्रोफेसर डा. मनिष पोखरेल, संचार तथा सूचना प्रविधि मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, महान्याधिवक्ताको कार्यालय, नेपाल दुरसंचार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरु लगायतले साईबर सुरक्षा सम्बन्धि आगामी कार्यदिशाका सम्बन्धमा विचार प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया