के वेश्या वृत्ति आम पेशा हुन सक्छ?
सारांश
- बीबीसी।
- एम्सटर्डमको रेड लाइट इलाका घुम्ती गल्ली र घरको झ्यालमा उभिएर ग्राहकलाई लोभ्याउने महिलाकालागि चर्चित छ।
- यो नेदरल्याण्डको पर्यटन र सांस्कृतिक पहिचानको केन्द्र हो।
बीबीसी। एम्सटर्डमको रेड लाइट इलाका घुम्ती गल्ली र घरको झ्यालमा उभिएर ग्राहकलाई लोभ्याउने महिलाकालागि चर्चित छ।
यो नेदरल्याण्डको पर्यटन र सांस्कृतिक पहिचानको केन्द्र हो। जहाँ दशकौंदेखि सुरक्षित र कानुनी रुपबाट वैधानिक रुपमा वेश्यावृत्तिकालागि अनुमति दिइएको छ। तर यो चाँडै बन्द हुन सक्छ।
नेदरल्याण्डको संसदमा वेश्यावृत्तिको कानुनी हैसियतका विषयमा वहसको तयारी भइरहेको छ। दक्षिणपन्थी ईसाई र वामपन्थी महिलावादी दुवै वेश्यावृत्तिको विरोध गर्छन्।
उता रेड लाइट इलाकाका यौनकर्मीमाथि भने वेश्यावृत्ति गर्ने आफ्नो अधिकारलाई बचाइ राख्नु पर्ने चुनौती छ।
के यो वहसले पैसा तिरेर सेक्स गर्न पाउने कानुनलाई परिवर्तन गर्न सक्छ? यदि परिवर्तन भयो भने यो पेशामा संलग्नको रोजगारी र उनको जीवनमा कस्तो असर पर्छ?
‘के हुन्छ यदि ती तपाइँकी बहिनी हुन्थिन् भने’ यो भनाइ नेदरल्याण्डको सामाजिक संजालमा यतिबेला एउटा अभियानको हिस्सा भएको छ।
यो अभियानको नाम हो–‘म अनमोल हुँ’ र योमार्फत पेड सेक्सलाई अपराध मान्नु पर्ने माग हुन थालेको छ।
सारा लुस यो अभियानमा काम गर्छिन्। उनका अनुसार विगत सात वर्षदेखि ४६ हजार मानिसको हस्ताक्षर संकलन गरिएको छ र अब यो विषयमा संसदमा बहश हुने हुने भएको छ। यो अभियानको उद्देश्य मैजुदा कानुनमा परिवर्तन ल्याउनु रहेको छ। ताकि ‘नर्डिक मोडल’ अपनाउन सकियोस्।
कामकाजी महिला विरुद्ध हुने हिंसा कम गर्नकालागि ‘नर्डिक मोडल’ मार्फत सेक्स वर्करलाई भाडामा लिने पुरुषमाथि जरिवाना गर्न सकिन्छ।
अहिले नेदरल्याण्डमा दुई वयस्कबीच सहमतिबाट पेड सेक्स वैधानिक मानिन्छ। यो कानुन १९७१ देखि लागू भएको हो।
लुसका अनुसार ‘मि टू’ को जमानामा यो कानुन पुरानो भइसकेको छ। रेड लाइट इलाकामा चाहे जति सुनै यौन स्वतन्त्रता भएपनि आजको जमानाको हिसावले प्रयाप्त छैन।
रोमानियाकी एक सेक्स वर्कर (जो छद्मनामबाट परिचित छन्) का अनुसार आफू बसेको ठाउँको भाडा तिर्न र केही पैसा कमाउन उनले यो पेशा अपनाएकी हुन्। उनी विगत एक दशकदेखि रेड लाइटमा काम गर्दै आएकी छन्।
उनले भनिन्, ‘यदि योे प्रस्ताव संसदबाट पारित भयो भने यहाँबाट बाहिर निस्किन मेरालागि राम्रो अवसर हुनेछ।’
फाक्सी नामले चिनिने अर्की यौनकर्मीले यदि यो प्रस्ताव संसदबाट पारित भए आफ्नो पेशामाथि प्रतिबन्ध लाग्ने, मासिहरुले आफ्नो निगरानी गर्ने र आफूलाई समाजले पनि नस्वीकार्ने चिन्ता रहेको बताइन्।
अमेरिकाको नेवादाकी यौनकर्मी क्रिस्टिना परेरा पैसा तिरेर यौन सम्पर्क गर्नु उचित भएको बताउँछिन्। ‘यो ती स्थापित पेशा मध्येको हो जहाँ महिला पुरुषभन्दा धेरै कमाउँछन्। महिलाबादी यसलाई हटाउन चाहन्छन्। जो उनीहरुको मुर्खता हो।’ परेरा कहिले काँही सेक्स र्वक पनि गर्छिन्। उनी उनको रिसर्च सेक्स उद्योगमाथि नै छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया