अध्यक्ष तिमिल्सिनालाई चीनको नेसनल्स पिपुल्स कांग्रेस भ्रमणको निम्तो
सारांश
- काठमाडौं ।
- नेपालका लागि चिनियाँ राजदूत यु होङले राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग शिष्टाचार भेटघाट गरेका छन् ।
- राजदूत होङले अध्यक्ष तिमिल्सिनालाई चीनको नेसनल्स पिपुल्स कांग्रेसको भ्रमण गरी अनुभव आदान प्रदान गर्न निम्तासमेत दिएकी छन् ।
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत यु होङले राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग शिष्टाचार भेटघाट गरेका छन् । राजदूत होङले अध्यक्ष तिमिल्सिनालाई चीनको नेसनल्स पिपुल्स कांग्रेसको भ्रमण गरी अनुभव आदान प्रदान गर्न निम्तासमेत दिएकी छन् ।
आफ्नो दुई वर्षे कार्यकाल सकेर स्वदेश फर्किन लागेका राजदूत होङले अध्यक्ष तिमिल्सिनासँग भेटेकी हुन् ।
भेटमा राजदूत होङको कार्यकालमा नेपालले तीन तहको निर्वाचन सम्पन्न गरी अस्थिरताको अन्त्य सफल भएको बताए । निर्वाचनपछि स्थायी सरकार निमार्ण गरी समृद्धितर्फ अगाडि बढेको नेपाललाई चीनको साथ र सहयोग उल्लेखनीय रहेको बताइन् ।
‘नयाँ सरकार निमार्णपछि नेपालका उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र थुप्रै मन्त्रीहरुले चीनको भ्रमण गर्नुभएको छ,’ तिमिल्सिनाले भने, ‘ती उच्चस्तरीय भ्रमणका क्रममा दुई देशबीच व्यापार र पारवाहन सम्झौतालगायत थुप्रै कार्यक्रम अगाडि बढाएको छ ।
राजदूत होङकै कार्यकालमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण आउने चर्चा चलेकाले छिट्टै भ्रमण हुने अपेक्षा व्यक्त गरे । नेपालको संसद र चीनको नेसनल्स पिपुल्स कांग्रेसबीच पनि सुमधुर सम्बन्ध रहेको स्मरण गर्दै आगामी दिनमा अनुभव आदान˗प्रदानका लागि भ्रमण आवश्यक रहेको धारणा दुवैले राखे ।
प्रतिक्रिया