तिवारी हत्याकाण्डका अभियुक्त शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १२, २०७३
|
|
२९१ पटक हेरिएको
Shares
तिवारी हत्याकाण्डका अभियुक्त शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने

सारांश

  • रुपन्देहीमा भएका गोलीकाण्डका दुई घटनामा संलग्न अभियुक्तहरुलाई प्रहरीले एकसाथ सार्वजनिक गर्न लागेको छ ।
  • गत पुस ४ गते नेकपा एमाले सम्वद्ध युवा संघ नेपाल रूपन्देहीका कार्यबाहक अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएको थियो ।
  • त्यसअघि मंसिर २१ गते सिद्धार्थनगर नगरपालिका ६ गल्लामण्डीस्थित आफ्नै निवासमा बसिरहेका अवस्थमा सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेलाई लक्षित गरी गोली प्रहार भएको थियो तर उनलाई गोली लागेको थिएन ।

रुपन्देहीमा भएका गोलीकाण्डका दुई घटनामा संलग्न अभियुक्तहरुलाई प्रहरीले एकसाथ सार्वजनिक गर्न लागेको छ ।

गत पुस ४ गते नेकपा एमाले सम्वद्ध युवा संघ नेपाल रूपन्देहीका कार्यबाहक अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएको थियो ।

त्यसअघि मंसिर २१ गते सिद्धार्थनगर नगरपालिका ६ गल्लामण्डीस्थित आफ्नै निवासमा बसिरहेका अवस्थमा सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेलाई लक्षित गरी गोली प्रहार भएको थियो तर उनलाई गोली लागेको थिएन ।

छुट्टाछुटै दुई घटनामा संग्लन रहेको आरोपमा पक्राउ परेका व्यक्तिहरुलाई सार्वजनिक गर्न लगिएको प्रहरी स्रोतले बताएको छ ।

‘घटनामा प्राप्त सफलता र पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्न लागिएको छ । तर, दुईवटै घटनाका थप केही अभियुक्तहरु मात्र पक्राउ पर्न बाँकी छन्,’ उच्च प्रहरी स्रोतले अनलाइनखबरसँग भन्यो, ‘सार्वजनिक गर्ने पुरा तयारी भइसकेको छ सम्भवतः भोलि शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने छ । नभए एक-दुई दिन भित्रै नै सार्वजनिक गरिने छ ।’

तिवारी हत्याकाण्डको मुख्य आरोपी बताइने मनोज पुन अझै पक्राउ परेका छैनन् । प्रहरीलाई प्राप्त जानकारी अनुसार उनी भारतमै बसेर रुपन्देहीका उद्योगीहरुसँग रकम असुल गरिरहेका छन् ।

घटना भएको करिब तीन महिना बित्न लागिसक्दा समेत प्रहरीले मुख्य अभियुक्तहरुलाई सार्वजनिक गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असी हजार बोट गाँजा र ७०० लिटर घरेलु मदिरा नष्ट
खालिङ संघ अमेरिका शाखाद्धारा ‘किरात राई संग्रहालय’ निर्माणार्थ साढे चार लाख सहयोग
खालिङ संघ अमेरिका शाखाद्धारा ‘किरात राई संग्रहालय’ निर्माणार्थ साढे चार लाख सहयोग
मुस्ताङमा छैन कोरोनाको चिन्ता
मुस्ताङमा छैन कोरोनाको चिन्ता
गुर्ज हिमाल आरोहणमा गएका ८ को मृत्यु
गुर्ज हिमाल आरोहणमा गएका ८ को मृत्यु
मन्त्री शर्माले भनिन्:सूचना प्रविधिको माध्यमबाट नयाँ अवसर सिर्जना गर्न सकिन्छ
मन्त्री शर्माले भनिन्:सूचना प्रविधिको माध्यमबाट नयाँ अवसर सिर्जना गर्न सकिन्छ
अफ्रिकामा सवारी दुर्घटना, बीस जनाको मृत्यु
अफ्रिकामा सवारी दुर्घटना, बीस जनाको मृत्यु
प्रधानमन्त्री ओलीले संसदमा संबोधन गर्दै (लाइभ भिडियो)
प्रधानमन्त्री ओलीले संसदमा संबोधन गर्दै (लाइभ भिडियो)
विद्यालयदेखि विश्वविद्यालयसम्म प्राविधिक शिक्षा आजको आवश्यकता : प्रचण्ड
विद्यालयदेखि विश्वविद्यालयसम्म प्राविधिक शिक्षा आजको आवश्यकता : प्रचण्ड
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सुचारु: शल्यक्रियाको लामो पर्खाइ घटाउन पालो प्रणालीमा हेरफेर
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सुचारु: शल्यक्रियाको लामो पर्खाइ घटाउन पालो प्रणालीमा हेरफेर
हतियारसहित तीनजना पक्राउ
हतियारसहित तीनजना पक्राउ