विदेशमा नेपाली ठग्नेलाई हुनेछ यस्ता कारबाही

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २, २०७८
|
|
४६ पटक हेरिएको
Shares
विदेशमा नेपाली ठग्नेलाई हुनेछ यस्ता कारबाही

सारांश

  • अब कुनै नेपाली विदेशमा ठगिएमा अपराधीलाई कारबाही गर्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलले सहयोग गर्ने भएको छ ।
  • संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यसबारेमा जानकारी दिएका हुन् ।
  • मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएई लैजाने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन इन्टरपोलको सहयोगमा यूएईबाट नेपाल झिकाउने तयारी गरिएको बताए ।

अब कुनै नेपाली विदेशमा ठगिएमा अपराधीलाई कारबाही गर्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलले सहयोग गर्ने भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यसबारेमा जानकारी दिएका हुन् ।

मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएई लैजाने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन इन्टरपोलको सहयोगमा यूएईबाट नेपाल झिकाउने तयारी गरिएको बताए ।

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियानअघि बढाइएको बताउनुहुँदै उहाँले गैरकानुनी काम गर्ने नेपालीहरु विदेशी भूमिमा पनि नजोगिने दावी गरे । नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपाली समुदायबाट सुझाव लिएका थिए । उनले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारबाहीको दायरामा ल्याउन लागिएको पनि बताए । नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सजिलो होस् भनेर आफ्नो भ्रमण टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपीलाई पनि सहभागी गराएको उनले जानकारी दिए ।

कार्यक्रममा मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न आफूले यूएई सरकारसँग पनि आग्रह गरेको बताए । अलपत्र परेका नेपालीहरुलाई यूएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकाहरुलाई आममाफी दिने तथा उद्धार गर्नुपर्नेहरुलाई नेपाल फिर्ता गर्न यूएई सरकारसँग सहयोगको आग्रह गरिएको उनले उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ