कामु प्रधानन्यायाधीश प्रकरण: जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
३३ पटक हेरिएको
Shares
कामु प्रधानन्यायाधीश प्रकरण: जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली !

सारांश

  • काठमाडाै, १६ साउन ।
  • प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सर्वसम्मत गराउन संसदीय सुनुवाइ समितिको बैठक  बुधबार(आज) बस्दै छ ।
  • सर्टिफिकेट विवाद देखि विवादास्पद फैसला गरेको, सुनुवाइका क्रममा संसद्को गरिमालाई ख्याल नगरी प्रस्तुत भएको जस्ता आरोप लागेका जोशीको नाम सर्वसम्मत अस्वीकृत गर्ने सत्तापक्षको तयारी छ ।

काठमाडाै, १६ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सर्वसम्मत गराउन संसदीय सुनुवाइ समितिको बैठक  बुधबार(आज) बस्दै छ । सर्टिफिकेट विवाद देखि विवादास्पद फैसला गरेको, सुनुवाइका क्रममा संसद्को गरिमालाई ख्याल नगरी प्रस्तुत भएको जस्ता आरोप लागेका जोशीको नाम सर्वसम्मत अस्वीकृत गर्ने सत्तापक्षको तयारी छ । तर विपक्षी कांग्रेस भने अझै स्पष्ट भइसकेको छैन ।

संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक सर्टिफिकेट देखि जन्ममिति सम्म विवादास्पद भेटिएको छ । समिति स्रोतले दिएको गोप्य डकुमेन्ट अनुसार जोशीले विजय मेमोरियल स्कुलबाट ०२७ मा प्रवेशिका परीक्षा दिएका छन् । नेपाल राष्ट्रिय विद्यापीठबाट जोशीले ०२९ मा प्रवेशिका परीक्षा दिएको समेत प्रमाणपत्रमा उल्लेख छ । समितिमा जोशीले आफूले विजय मेमोरियल स्कुलमा १० कक्षा पढेको र नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका परीक्षा दिएको बताएका छन् ।

क्याम्पसमा जोशीले पेस गरेको प्रोगेस रिपोर्टमा विजय मेमोरियलबाट ०२९ मा एसएलसी गरेको उल्लेख छ । नयाँपत्रीका का अनुसार उनले ०२७ मा एसएलसी दिएको अर्को डकुमेन्ट सुरक्षित छ । ‘परीक्षा नियन्त्रण कार्यालयमा हेर्दा ०२९ मा ३६६७ सिम्बोल नम्बरमा हिमबहादुर लेकालीले परीक्षा दिएको भेटिन्छ । लेकालीले नारायण विद्या मन्दिर हाईस्कुल काठमाडौंबाट परीक्षा दिएका हुन् ।

जोशीको सर्टिफिकेटले यो सिम्बोल नम्बर जोशीकै हो र ०२९ मा विजय मेमोरियलबाट एसएलसी दिएको भन्ने छ । तर ०२९ मा विजय मेमोरियलको एसएलसीको सिम्बोल नम्बर १५१७३ देखि १५२३० सम्म मात्र छ । ०२९ को लिस्टमा दीपकराज जोशी भन्ने मान्छे नै छैन,’ स्रोतले भन्यो ।यता विजय मेमोरियलबाट ०२७ मा एसएलसी दिएका जोशीको जन्ममिति २४ कात्तिक ०११ भन्ने उल्लेख छ । तर अन्य डकुमेन्टमा जोशीको जन्ममिति एक महिना अघि अर्थात् २४ असोज ०११ छ । स्रोत भन्छ, ‘जन्ममिति देखि सर्टिफिकेट सम्म विवादास्पद छ ।’ जोशीको विजय मेमोरियल स्कुलमा अध्ययन गर्दाको कक्षा ९ को सर्टिफिकेट र कक्षा १० को सर्टिफिकेटमा विद्यालयको लेटरहेड नै फरक भेटिएको छ ।

एउटा लेटरहेडमा विद्यालयको नाम अंग्रेजी अक्षर ‘बी’ र अर्कोमा ‘भी’बाट सुरु भएको छ । त्यति मात्र नभई एउटै स्कुलको नाम लेटरहेडमा विजय लेख्दा एउटामा ‘बी’ बाट र अर्कोमा ‘भी’ बाट सुरु भएको छ । त्यस्तै विद्यालयको नाम लगत्तै एउटामा ‘को एजुकेसन’ र अर्कोमा ‘गभर्मेन्ट रेकोग्नाइज्ड‘’ भनिएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Damodar Dahal

    रहस्य

    Comment Author

    Susila Gurung

    Good xa ni hajur.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाद्वारा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजी माग
रास्वपाद्वारा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजी माग
सामुदायिक वनद्वारा डोको उद्योग सञ्चालन
हेर्नुस् नेपालमै डिजाइन गरिएको बाइक ‘सुन्तली’, क्लासिक ३५०
हेर्नुस् नेपालमै डिजाइन गरिएको बाइक ‘सुन्तली’, क्लासिक ३५०
९८ वर्षे सत्यमोहन जोशीले गाडी पाएपछि ठट्टा : ‘गाडी कहाँ राख्ने ?’
९८ वर्षे सत्यमोहन जोशीले गाडी पाएपछि ठट्टा : ‘गाडी कहाँ राख्ने ?’
यस्तो छ राजेशपायलको ‘मनको सारंगी’ (भिडियो)
यस्तो छ राजेशपायलको ‘मनको सारंगी’ (भिडियो)
प्रवासीको सहयोगमा बाढी प्रभावितलाई घर
प्रवासीको सहयोगमा बाढी प्रभावितलाई घर
३ स्थानीय तहको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता
३ स्थानीय तहको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता
“मेरो उम्मेद्वारी भ्रष्टाचार मुक्त समाज निमार्णका लागि हो” : गोविन्द शर्मा
“मेरो उम्मेद्वारी भ्रष्टाचार मुक्त समाज निमार्णका लागि हो” : गोविन्द शर्मा
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी
नजिक हुँदै देउवा र रामचन्द्र, आउलान् एउटै कित्तामा!
नजिक हुँदै देउवा र रामचन्द्र, आउलान् एउटै कित्तामा!

तपाईंले छुटाउनुभयो कि?