हात्ती आक्रमणबाट वृद्ध गम्भीर घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २६, २०७६
|
|
४५ पटक हेरिएको
Shares
हात्ती आक्रमणबाट वृद्ध गम्भीर घाइते

सारांश

  • कञ्चनपुरमा केही दिनयता जङ्गली हात्तीको समूहले आतङ्क मच्चाउँदै आएका छन् ।
  • बुधबार बिहान यहाँको महाकाली नगरपालिका–२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा दुई महिलाको ज्यान लिएको एक दिन नबित्दै फेरी बेदकोट नगरपालिका–२ मा जङ्गली हात्तीको आक्रमणबाट मुक्तकमैया बस्तीका एक वृद्ध गम्भीर घाइते भएका छन् ।
  • बेदकोट–२ का वडाध्यक्ष नरेश सिंहले जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ७१ वर्षीय सिताराम डगांैरा गम्भीर घाइते भएको जानकारी दिनुभयो ।

कञ्चनपुरमा केही दिनयता जङ्गली हात्तीको समूहले आतङ्क मच्चाउँदै आएका छन् । बुधबार बिहान यहाँको महाकाली नगरपालिका–२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा दुई महिलाको ज्यान लिएको एक दिन नबित्दै फेरी बेदकोट नगरपालिका–२ मा जङ्गली हात्तीको आक्रमणबाट मुक्तकमैया बस्तीका एक वृद्ध गम्भीर घाइते भएका छन् ।

बेदकोट–२ का वडाध्यक्ष नरेश सिंहले जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ७१ वर्षीय सिताराम डगांैरा गम्भीर घाइते भएको जानकारी दिनुभयो । “बुधबार मध्यराति जङ्गली हात्तीको बधान मुक्तकमैया बस्तीमै पसेर आतङ्क नै मच्चाए”, उहाँले भन्न्ुभयो, “गाउँलेले हो–हल्ला गरेपछि मात्रै हात्ती वनतिर लागे ।” बुधबार बिहान जङ्गलमा घाँस दाउरा सङ्कलन गर्न गएका महाकाली नगरपालिका–२ का ३८ वर्षीया बसन्ती भट्ट र ५० बर्षीया भुरी बोहराको भारतीय जंगलबाट आएका हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

उक्त घटनामा परेर स्थानीय चार महिला गम्भीर घाइते भएका छन । घाइतेमध्ये दुईको भारतको खटिमास्थित तपन अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी गत असोज २९ गते शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । उक्त पीडित परिवारलाई सरकारले रु १० लाख राहत रकम उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल-चीन सीमा : उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै
नेपाल-चीन सीमा : उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै
अधिकांश विद्यार्थी भोकभोकै विद्यालय जान वाध्य
अधिकांश विद्यार्थी भोकभोकै विद्यालय जान वाध्य
कांग्रेसको आजदेखि ‘जागरण अभियान’
कांग्रेसको आजदेखि ‘जागरण अभियान’
‘विप्लवसँग वार्ता भैरहेको छ, मूल धारमा आउँछन’
‘विप्लवसँग वार्ता भैरहेको छ, मूल धारमा आउँछन’
बेलायतमा अर्थमन्त्री सुनकले राजीनामा दिएपछि संकटमा जोनसन सरकार
विश्व प्रख्यात पत्रकार ल्यारी किङ्गको निधन
विश्व प्रख्यात पत्रकार ल्यारी किङ्गको निधन
प्रचण्डको आधा-आधा हिस्सावाला किस्साले पार्टी एकतामा लफडा, ओली यसो गर्दैछन्
प्रचण्डको आधा-आधा हिस्सावाला किस्साले पार्टी एकतामा लफडा, ओली यसो गर्दैछन्
गंगालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री प्रचण्ड
गंगालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री प्रचण्ड
चिरञ्जिवीको फिल्म लाग्दा पाँच देशमा एकसाथ छुट्टी !
चिरञ्जिवीको फिल्म लाग्दा पाँच देशमा एकसाथ छुट्टी !
शुक्रबारदेखि पुनः बदली र वर्षा हुने, आइतबारबाट मौसममा सुधार आउने
शुक्रबारदेखि पुनः बदली र वर्षा हुने, आइतबारबाट मौसममा सुधार आउने