अध्यक्ष प्रचण्डलाई किन भेटे तुलसीपुर उपमहानगरका मेयर पाण्डेले ?
सारांश
- दाङ, ५ जेठ ।
- तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”सँग भेटघाट गरेका छन् ।
- प्रचण्ड निवास खुमलटार पुगेर नगरप्रमुख पाण्डेले तुलसीपुर उपमहानगरपालिका र समग्र दाङको बृहत्तर विकासका बारेमा कुरा गरेका थिए ।
दाङ, ५ जेठ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”सँग भेटघाट गरेका छन् । प्रचण्ड निवास खुमलटार पुगेर नगरप्रमुख पाण्डेले तुलसीपुर उपमहानगरपालिका र समग्र दाङको बृहत्तर विकासका बारेमा कुरा गरेका थिए ।
पार्टी एकताले कार्यकर्तामा उत्साह थपिएको बताउँदै पाण्डेले राजनीतिक अस्थिरताको समाप्ति भएकाले विकासमा चासो दिनका लागि आग्रह समेत गरेका थिए । मेयर पाण्डे एमालेबाट नगरप्रमुखमा विजयी भएका हुन् ।
नगरप्रमुख पाण्डेले तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थललाई नियमित सञ्चालनका साथै एयरपोर्ट विस्तार र इन्धन डिपो स्थापनाका लागि आग्रह समेत गरेका थिए । “रुकुमका केही भागसँगै रोल्पा, प्युठान र सल्यानका जनताका लागि तुलसीपुर विमानस्थल नै एकमात्र माध्यम हो । यसलाई नियमित बनाउन तर्फ सोच्नु आवश्यक छ”, नगरप्रमुख पाण्डेले भने । उनले तुलसीपुरमा प्राविधिक विश्वविद्यालय स्थापनाका लागि पहल गर्न समेत आग्रह समेत गरेका थिए । “तुलसीपुरलाई शिक्षाको केन्द्र बनाउनका लागि पनि चासो दिनु आवश्यक छ ।” उनले केन्द्रका योजनाहरु समयमा पूरा नहुँदा स्थानीय तहमा काम गर्न गाह्रो भएको समेत अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए ।
भेटमा अध्यक्ष प्रचण्डले दाङसँग आफू लामो समयदेखि जोडिएको र यसको विकासका लागि प्रतिवद्ध रहेको समेत बताए । उनले तुलसीपुरका मुद्दाहरुलाई समेट्नका लागि पहल गर्ने समेत बताए । “अब हामी विकासको यात्रामा छौ । दाङको पनि कायापलट हुनेगरी काम गर्छाै”, भेटका क्रममा प्रचण्डले भने । उनले सिंदरवार आफ्नै ठाउँमा पुगेको महसुस जनताले गर्ने गरी काम गर्नुपर्ने बताएकोे प्रेस संयोजक वसन्तविवश आचार्यले जानकारी दिए ।
प्रतिक्रिया