व्यापार युद्धको खतरा: चीनले व्यापार वार्ताबारे ‘सम्झौता तोडेको’ ट्रम्पको आरोप

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २७, २०७६
|
|
१८ पटक हेरिएको
Shares
व्यापार युद्धको खतरा: चीनले व्यापार वार्ताबारे ‘सम्झौता तोडेको’ ट्रम्पको आरोप

सारांश

  • बीबीसी।
  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनसँगको वार्ताअघि दुई देशबीचको तनावलाई थप चर्काउँदै व्यापार वार्तामा चीनले सम्झौता तोडेको आरोप लगाएका छन्।
  • चिनियाँ उत्पादनमा अमेरिकाले कर बढाए आवश्यक जवाफी कदमबाट बदला दिने बेइजिङले बताएपछि उनको यस्तो टिप्पणी आएको हो।
बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनसँगको वार्ताअघि दुई देशबीचको तनावलाई थप चर्काउँदै व्यापार वार्तामा चीनले सम्झौता तोडेको आरोप लगाएका छन्।
चिनियाँ उत्पादनमा अमेरिकाले कर बढाए आवश्यक जवाफी कदमबाट बदला दिने बेइजिङले बताएपछि उनको यस्तो टिप्पणी आएको हो।
शुक्रवार ट्रम्पले दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा कर दोबर बनाउने बताएका थिए। यति हुँदा हुँदै पनि यी दुई देशबीचको व्यापार वार्ता बिहीवार अमेरिकाको वाशिङटनमा हुँदैछ।
चीनका एकजना शक्तिशाली अधिकारी उपप्रधानमन्त्री लियु हेले चिनियाँ प्रतिनिधिको नेतृत्व गर्नेछन्। विदेशी अर्थतन्त्र मामिलाका जानकार लियु हार्वर्डमा पढेका हुन् र राम्रो अङ्ग्रेजी बोल्छन्।
वार्ता हुनुअघि ट्रम्पले व्यापारबारे अमेरिकाले वार्ता गरिरहेका बेला चीनका नेताले सम्झौता तोडेको आरोप लगाएका हुन्। "उनीहरूले सम्झौता तोडेका छन्… उनीहरूले त्यसो गर्न सक्दैनन्। त्यसैले उनीहरूले अब कर तिर्नुपर्छ," फ्लोरिडामा भएको र्‍यालीमा ट्रम्पले आफ्ना समर्थकहरू समक्ष बताए।
उनले यदि दुवै पक्षले सम्झौता गर्न नसके "वर्षको १ सय अर्ब डलर लिनु कुनै गलत नहुने" बताएका छन्।
बेइजिङस्थित वाणिज्यमन्त्रीले चीनले हस्ताक्षर हुने प्रक्रियामा रहेको सम्झौता तोडेको भन्ने राष्ट्रपति ट्रम्पको दावीको खण्डन गरेका छन्।  चिनियाँ पक्षले सम्झौताको मस्यौदामा महत्त्वपूर्ण परिवर्तनहरू गरेको केही खबरहरूमा जनाइएको छ।
तर एक अधिकारीले भने, "चिनियाँ नागरिकहरू हाम्रा भनाइमै टिकेका छन् र यो कहिल्यै पनि परिवर्तन भएको छैन।"
वाशिङटनले आफ्नो योजना अनुसार १ सय ५० प्रतिशत कर बढाए त्यसको बदला लिन चीन पूर्ण रूपमा तयार रहेको पनि उनले बताए। हालैमात्रै दुई पक्ष व्यापार युद्ध अन्त्य गर्नका लागि सम्झौता नजिक पुगेको देखिएको थियो।
तर आइतवार ट्रम्पले एउटा ट्वीट गर्दै २ सय अर्ब डलर बराबरका सामानमा अमेरिकाले कर बढाउने र अन्य नयाँ करहरू पनि लगाउन सक्ने बताएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?