अन्तरिक्षमा पहिलो मानव उडानको स्मरणमा कसमोनट दिवस

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २९, २०७९
|
|
१९ पटक हेरिएको
Shares
अन्तरिक्षमा पहिलो मानव उडानको स्मरणमा कसमोनट दिवस

सारांश

  • काठमाडौं ।
  • हरेक वर्ष आज कै दिन अर्थात् अप्रिल १२ तारिखमा मनाइने कसमोनट दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
  • सन् १९६१ अप्रिल १२ मा रसियाको स्पेस वैज्ञानिक युरी गागारिनले पहिलो मानव अन्तरिक्ष उडान गरेको स्मरणमा यो दिवस मनाइँदै आइएको हो ।

काठमाडौं । हरेक वर्ष आज कै दिन अर्थात् अप्रिल १२ तारिखमा मनाइने कसमोनट दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सन् १९६१ अप्रिल १२ मा रसियाको स्पेस वैज्ञानिक युरी गागारिनले पहिलो मानव अन्तरिक्ष उडान गरेको स्मरणमा यो दिवस मनाइँदै आइएको हो । आजका दिनलाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान भएको दिनका रूपमा लिइन्छ ।

उक्त दिवसका अवसरमा आज यहाँ रसियन हाउस अफ काठमाडौँ, नेपाल फिजिकल सोसाइटी र नेपाल साइन्स ओलमपियडले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा नेपालमा अन्तरिक्ष क्षेत्रमा भइरहेका कामबारे प्रदर्शनी गरियो ।

‘द स्क्वायड अफ चेञ्जमेकसर्’का संस्थापक सुशीलदेव भट्टराईले अन्तरिक्षमा पहिलो पटक मानिसले पाइला टेकेकोबारे चर्चा गर्दै अन्तरिक्ष विज्ञानबारे जानकारी दिन प्रदर्शनी आयोजना गरिएको बताए । उनले भने, ‘भविष्यमा यस विषयमा हाम्रा विद्यार्थीलाई रुचि बढाउन पनि हामीले विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छौँ ।’

‘प्रदर्शनीमा दुई सय विद्यार्थीलाई अन्तरिक्षसम्बन्धी जानकारी गराउनाका साथै रकेट विज्ञान र भूउपग्रह ९स्याटेलाइट० बनाउने तालिम तथा खगोलशास्त्रबारे जानकारी गराउँदै आएका छौँ’, भट्टराईले भने ।

सन् २०१९ मा बनेको नेपालको पहिलो भूउपग्रह ‘नेपाली सेट–१’ र यस वर्ष बनेको ‘मुनाल’ स्याटेलाइटलगायत अन्तरिक्ष सम्बन्धी सामग्रीहरुको नमूना प्रदर्शनीमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नुवाकाेटमा बस दुर्घटना, दुईकाे मृत्यु !
बैतडीमा पुल नहुँदा स्थानीय समस्यामा !
बैतडीमा पुल नहुँदा स्थानीय समस्यामा !
राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकै शशिकला, अझै लागेन मन्त्रीको अन्तिम टुङ्गो
राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकै शशिकला, अझै लागेन मन्त्रीको अन्तिम टुङ्गो
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा
रवि लामिछानेविरुद्ध ३ वटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेस गरिँदै
रवि लामिछानेविरुद्ध ३ वटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेस गरिँदै
केपी ओलीलाई पत्र
केपी ओलीलाई पत्र
जापानमा १०० जना मृत्युदण्ड पर्खदै
जापानमा १०० जना मृत्युदण्ड पर्खदै
ओलीसँग सुरुमै वान टु वान वार्ता-यस्तो छ स्वारजको अवतरणदेखि उडानसम्मको कार्यतालिका !
ओलीसँग सुरुमै वान टु वान वार्ता-यस्तो छ स्वारजको अवतरणदेखि उडानसम्मको कार्यतालिका !
नेपाल–चीन उच्च स्तरीय वार्ता सम्पन्न, १७ सम्झौतामा हस्ताक्षर
नेपाल–चीन उच्च स्तरीय वार्ता सम्पन्न, १७ सम्झौतामा हस्ताक्षर
एमाले-माओवादी एकता प्रक्रिया लम्बिने संकेत
एमाले-माओवादी एकता प्रक्रिया लम्बिने संकेत

तपाईंले छुटाउनुभयो कि?