मैत्रीपूर्ण खेलमा चेल्सीको सहज जित

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २९, २०७६
|
|
२२ पटक हेरिएको
Shares
मैत्रीपूर्ण खेलमा चेल्सीको सहज जित

सारांश

  • एजेन्सी ।
  • इन्ग्लिश प्रिमियर लिग क्लब चेल्सीले मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।
  •  शनिबार भएको खेलमा चेल्सीले आइरीस क्लब सेन्ट प्याट्रिक्स एथलेटिकलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब चेल्सीले मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । शनिबार भएको खेलमा चेल्सीले आइरीस क्लब सेन्ट प्याट्रिक्स एथलेटिकलाई ४–० गोल अन्तरले पराजित गरेको हो । नयाँ सिजन सुरु अघिको प्रि–सिजन टुरमा रहेको चेल्सीका लागि ओलिभर जेरुडले २ गोल गरे । यस्तै मसुन माउन्ट र इमर्सनले एक एक गोल गरे ।

योसँगै प्रशिक्षक फ्रान्क लाम्पार्डले टिम सम्हालेसंगै चेल्सीले प्रि(सिजनको मैत्रिपूर्ण खेलमा पहिलो जित निकाल्न सफल भएको छ ।

नेपालद्वारा मलेसिया पराजित
काठमाण्डौ । कप्तान पारस खड्काले विस्फोटक पारी खेलेपछि मलेसियाविरुद्धको दुई ट्वेन्टी(२० क्रिकेटको शृङ्खलामा नेपालले अग्रता लिएको छ ।

मलेसियाले दिएको १२९ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान पारस एक्लैले ८६ रनको सानदार अविजित पारी खेले । मात्र ५० बलको सामना गरेका उनले ८ चौका र ५ छक्का प्रहार गरे ।

एउटा एण्डबाट उनले रन बनाइरहे पनि अर्को एण्डबाट विकेट झर्ने क्रम नरोकिँदा लामो साझेदारी भने हुन पाएन । तर, चौथो विकेटका लागि शरद भेषावकरसँग उनले ६१ रजको अविजित साझेदारी गरेका थिए । ६८ रनमा तेस्रो विकेटका रुपमा रोहित कुमार पौडेल ५ रनको स्कोरमा आउट भएपछि आएका भेषावकरले २० बलमा १ छक्कासहित अविजित १६ रन प्रहार गरे ।

टिमलाई जितका लागि ६ रन आवश्यक भएको अवस्थामा शरदले छक्का प्रहार गरी नेपाललाई १८.३ ओभरमा जित दिलाए ।

अर्का ओपनर प्रदीप ऐरी ४.३ ओभरमा ८ रनको स्कोरमै आउट भए पछि पारसले पारी सम्हालेका थिए । तेस्रो नम्बरमा आएका उपकप्तान ज्ञानेन्द्र मल्ल दशौं ओभरको अन्तिम बलमा अनवर रहमानको बलमा बोल्ड भए । उनले २० बलमा ७ रन मात्र जोड्न सके ।

यसअघि किनरा ओभल मैदानमा घरेलु टोली मलेसियाले टस जितेर पहिले ब्याटिङ गरेको थियो । निर्धा्िरत ओभरमा उसले ९ विकेट गुमाएर १२८ रनको योगफल खडा गरेको थियो । मलेसियाका दुई जना खेलाडीले उत्कृष्ट ब्याटिङ गरेप नि अन्यको प्रदर्शन खराब रह्यो ।

पहिलो ओभरको पाँचौं बलमा नै नेपालले पहिलो सफलता हात पारेको थियो । सोपमाल कामीले पहिलो ओभरको पाँचौं बलमा सइद अजिजलाई आउट पार्दै पहिलो सफलता दिलाए । उनले रनको खाता नै खोल्न पाएनन् । त्यसपछि मलेसियाले आक्रामक रन बनाइरहेको अवस्थामा सन्दीप लामिछानेले फित्री सहमलाई पवेलियनको बाटो देखाए । सन्दीपले सातौं ओभरको पहिलो बलमा विकेट लिएका थिए । सहमले १२ रन बनाएका थिए ।

१५औं ओभरको दोस्रो बलमा भेटरान बलर बसन्त रेग्मीले क्रिजमा जमेका बलर विरानदिप सिंहलाई प्रदिप ऐरीबाट क्याचआउट गराए । विरानदिपले ४९ बलमा ७ चौका र एक छक्का प्रहार गर्दै ५७ रन बनाएका थिए ।

त्यसपछि क्रिजमा आएका साफिक सरिफलाई पनि बसन्त रेग्मीले कट एण्ड बोल्ड गरे । सरिफले जम्मा २ रन बनाउन सके । १८औं ओभरको चौथो बलमा नयाँ ब्याट्सम्यान अनिमुद्धिन रामले रनआउट हुन पुगे ।

क्रिजमा जमेका अर्का ब्याट्सम्यान अहमद फियाजलाई करण केसीले लिलित नारायण राजवंशीबाट क्याचआउट गराएपछि मलेसियाले ठूलो योगफल तयार गर्न सकेन ।

समग्रमा विरानदिपले ५७ र फियाजले ४५ रन बाहेक अन्यले राम्रो ब्याटिङ गर्न सकेनन् । मलेसियाका पाँच जना खेलाडीले खाता नै खोल्न सकेनन् । बलिङमा करण केसीले तीन विकेट लिए भने सन्दिप लामिछाने र बसन्त रेग्मी दुई–दुई विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री पराजुलीले मलाई भन्नुभएको थियो–तपाईको दुर्भाग्य, तर भइदियो उल्टो
मन्त्री पराजुलीले मलाई भन्नुभएको थियो–तपाईको दुर्भाग्य, तर भइदियो उल्टो
पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो
पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो
पाल्पा महोत्सवमा रु १२ करोड बराबरको कारोबार
पाल्पा महोत्सवमा रु १२ करोड बराबरको कारोबार
माइक खोसेपछि ओलीले भनेः ‘नातिनीले नेता हुने छाँट देखाइन्’
माइक खोसेपछि ओलीले भनेः ‘नातिनीले नेता हुने छाँट देखाइन्’
पूर्वराजाले छोरी प्रेरणालाइ दिएको दाईजो सरकारको नाममा आउने…
पूर्वराजाले छोरी प्रेरणालाइ दिएको दाईजो सरकारको नाममा आउने…
नीजि औषधी कम्पनी फस्टाइरहदा किन थला पर्यो सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेड ?
नीजि औषधी कम्पनी फस्टाइरहदा किन थला पर्यो सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेड ?
भारतीय विदेशमन्त्री स्वराज चढेको बिमान १४ मिनेट यसरी हराएपछि…
भारतीय विदेशमन्त्री स्वराज चढेको बिमान १४ मिनेट यसरी हराएपछि…
निर्वाचन आचार संहिता उल्लङघन गरे जुनसुकै माध्यमबाट पनि उजुरी दिन सकिने
निर्वाचन आचार संहिता उल्लङघन गरे जुनसुकै माध्यमबाट पनि उजुरी दिन सकिने
महाभारत युद्धको बेलामै भारतीयले इन्टरनेट अाविष्कार गरे !
महाभारत युद्धको बेलामै भारतीयले इन्टरनेट अाविष्कार गरे !
बलात्कारीलाई १२ वर्ष जेल र ५० हजार जरिवाना ठहर
बलात्कारीलाई १२ वर्ष जेल र ५० हजार जरिवाना ठहर

तपाईंले छुटाउनुभयो कि?