अन्सारीको नागरिकता, शैक्षिक प्रमाणपत्र छानबिन गरिने

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ८, २०७५
|
|
३१ पटक हेरिएको
Shares
अन्सारीको नागरिकता, शैक्षिक प्रमाणपत्र छानबिन गरिने

सारांश

  • काठमाडौं ।
  • संघीय संसद्को संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगमा सिफारिस भएका अध्यक्ष समिम अन्सारीको नागरिकता, शैक्षिक प्रमाणपत्र लगायत छानबिन गर्ने निर्णय गरेको छ ।
  • समितिको बैठकले अन्सारीमाथि परेको उजुरीकर्तासँगको छलफलपछि नागरिकता, शैक्षिक प्रमाणपत्र, पार्टी सदस्यताको विषयमा कागजात छानबिन गर्ने भएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगमा सिफारिस भएका अध्यक्ष समिम अन्सारीको नागरिकता, शैक्षिक प्रमाणपत्र लगायत छानबिन गर्ने निर्णय गरेको छ ।

समितिको बैठकले अन्सारीमाथि परेको उजुरीकर्तासँगको छलफलपछि नागरिकता, शैक्षिक प्रमाणपत्र, पार्टी सदस्यताको विषयमा कागजात छानबिन गर्ने भएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । सभापति कर्णका अनुसार नागरिकता, शैक्षिक प्रमाणपत्र र राजनीतिक दलको सदस्य रहेको उजुरी प्रस्तावित अध्यक्ष अन्सारीमाथि परेको छ ।

समितिले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तावित अध्यक्ष अन्सारीको नागरिकताको सम्बन्धको परिवारको लगतसम्बन्धी सबै जानकारी माग गर्ने निर्णय गरेको छ ।

मुस्लिम आयोगको ऐनमा राजनीतिक दलको सदस्य नभएको व्यक्ति मात्र आयोगको पदाधिकारी हुन पाउने व्यवस्था गरेको छ । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य पनि रहेको उजुरीकर्ताले समावेश गरेपछि निर्वाचन आयोगसँग उहाँ कुनै पार्टीको सदस्य भएको नभएको विषयमा जानकारी माग्ने समितिले निर्णय गरेको छ । शैक्षिक प्रमाणपत्रबारे संवैधानिक परिषद्सँग आवश्यक कागजात माग गरेर हेर्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?