लागुऔषध सहित १ जना पक्राउ
सारांश
- काठमाडौं, ६ पुस ।
- नागढुंगाबाट प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा कन्चनपुरका २० बर्षीय किरण ऐर रहेका छन् ।
काठमाडौं, ६ पुस । नागढुंगाबाट प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्चनपुरका २० बर्षीय किरण ऐर रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाले आज बिहान कैलालीबाट काठामाण्डौ आउँदै गरेको ना ६ ख ७४५९ नं. को यात्रुबाहक बसलाई चेकजाँचको क्रममा ऐरले लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध नाईट्रोभेट १२२ ट्याब्लेट, स्पास १६ पिस, डाईलेस २ बोतल र चरेश ५० ग्राम सहित ऐरलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया