बजेट कार्यान्वयनका लागि आवश्यक तयारी गर्न प्रमुख सचिवको निर्देशन
सारांश
- काठमाडौं, १३ बैशाख ।
- कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले सरकारको नीति तथा कार्यक्रम र वजेट कार्यान्वयनको आवश्यक तयारी गर्न विभागीय मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् ।
- प्रदेश सभामा बजेट प्रस्तुत भएलगत्तै सचिवहरुको बैठक बोलाएर प्रमुख सचिवले यस्तो निर्देशन दिएका हुन् ।
काठमाडौं, १३ बैशाख । कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले सरकारको नीति तथा कार्यक्रम र वजेट कार्यान्वयनको आवश्यक तयारी गर्न विभागीय मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । प्रदेश सभामा बजेट प्रस्तुत भएलगत्तै सचिवहरुको बैठक बोलाएर प्रमुख सचिवले यस्तो निर्देशन दिएका हुन् ।
मुलुक सघीय संरचनामा गइसकेपछि जनताको ठूलो अपेक्षा रहेको भन्दै प्रमुख सचिव थपलियाले जनताको अपेक्ष पूरा गर्न राजनैतिक नेतृत्वको भिजन कार्यान्वयनमा कर्मचारी प्रशासन तदारुकताका साथ लाग्नुपर्ने बताए । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट महत्वाकांक्षी देखिए पनि कर्णाली प्रदेशको द्रूत विकासका लागि आवश्यक भएको उनले बताए ।
बैठकमा विभागीय सचिवहरुले बजेट कार्यान्वयनका लागि प्रदेश सरकारको आफनै संरचना विकास नभइसकेकाले बजेट कार्यन्वयनमा समस्या आउन सक्ने सुझाव राखेका थिए । भर्खरै कर्णाली प्रदेशको प्रमुख सचिवका रुपमा आएका थपलियाले हिजो मात्रै पदभार ग्रहण गरेका थिए ।
प्रतिक्रिया