बालुवाटार जग्गा प्रकरणमा अख्तियारले बयानकालागि बोलायो ८६ जनालाई

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ११, २०७६
|
|
२५ पटक हेरिएको
Shares
बालुवाटार जग्गा प्रकरणमा अख्तियारले बयानकालागि बोलायो ८६ जनालाई

सारांश

  • काठमाडौँ।
  • चर्चित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८६ जग्गाधनी तथा मोहीलाई बयानकालागि बोलाएको छ।
  • अख्तियारले बुधबार एक सूचना सार्वजनिक गर्दै ८६ जनालाई बयानकालागि बोलाएको हो।

काठमाडौँ। चर्चित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८६ जग्गाधनी तथा मोहीलाई बयानकालागि बोलाएको छ। अख्तियारले बुधबार एक सूचना सार्वजनिक गर्दै ८६ जनालाई बयानकालागि बोलाएको हो। उनीहरुलाई सात दिनभित्र हाजिर हुन भनिएको छ।
अख्तियारले सात दिनभित्र बयानकालागि हाजिर उपस्थित हुन र उपस्थित नभए कानुन बमोजिम कारवाही हुने चेतावनी दिएको छ। अख्तियारले बुधबार जारी गरेको सूचनमा भनिएको छ, ‘बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, काठमाडौं डिल्लीबजारका कर्मचारीको मिलोमतोमा विभिन्न मितिमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिलाई जग्गाधनी र मोही काय गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोरोको उजुरीको अनुसन्धानको सिलसिलमा तपाईसँग केही बुझ्नु पर्ने भएकोले यो म्याद सूचना प्रकाशित गरिएको छ।

यो पनि पढ्नुहोस्

विनियोजन विधेयक राष्ट्रियसभामा पेश

काठमाडौं। विनियोजन विधेयक २०७६ संघीय संसदको राष्ट्रिय सभामा प्रस्तुत भएको छ। बुधबार बसेको राष्ट्रिय सभाको बुधबार बसेको दोस्रो बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विधेयक प्रस्तुत गरेका हुन्। अर्थमन्त्री खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७६ माथि विचार गरियोस् भनि गरेको प्रस्ताव प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल गरी बहुमतले स्वीकृत गरिएको हो। विनियोजन विधेयकका विभिन्न शिर्षकहरु माथिको छलफल र मन्त्रीहरुको जवाफका लागि असार १५ देखि २४ गते सम्मको समय निर्धारण गरिएको छ।यसअघि बुधबार नै बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देश सहति प्राप्त विनियोजन विधेयक २०७६ सभा समक्ष टेबुल गरेका थिए।
राष्ट्रिय सभाको अर्को बैठक असार १५ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?