माेदीकाे गृह प्रदेश का ठग पाेखरामा पक्राउ
सारांश
- काठमाडौ, ११ मंसिर ।
- भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे गृह प्रदेश गुजरातमा नक्कली कम्पनी मार्फत २६० करोड भारतीय रुपैयाँ (४ अर्ब १६ करोड रुपैयाँ) घोटाला गर्ने एक ठग पोखरामा पक्राउ परका छन्।
- भारतको अहमदाबाद केन्द्रित ‘पोन्जी घोटाला’का मास्टर माईन्ड विनय साह गत बिहीबार पोखराको एक होटलबाट पक्राउ परेका हुन्।
काठमाडौ, ११ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे गृह प्रदेश गुजरातमा नक्कली कम्पनी मार्फत २६० करोड भारतीय रुपैयाँ (४ अर्ब १६ करोड रुपैयाँ) घोटाला गर्ने एक ठग पोखरामा पक्राउ परका छन्। भारतको अहमदाबाद केन्द्रित ‘पोन्जी घोटाला’का मास्टर माईन्ड विनय साह गत बिहीबार पोखराको एक होटलबाट पक्राउ परेका हुन्। प्रहरीको अपराध अनुसन्धान विभागले भारतको अपराध अनुसन्धान विभाग (सिआईडी) र विशेष अनुसन्धान दस्ता (एसआईटी) का अधिकारीको सहयोगमा विनयलाई लेकसाईडको एक होटलबाट विदेशी मुद्रासहित पक्राउ गरेको हो।
भारतीय अधिकारीहरुले विनयलाई भारत लैजान उच्च तहमा पहल गरिरहेका छन्। नेपाल-भारतबीच सुपुर्दगी सन्धि नभए पनि अनाैपचारिक रूपमा दुवै देशका सुरक्षा निकायले एक अर्कालार्इ अपराधी हस्तान्तरण गर्ने गरेका छन्। प्रहरीले विनयका साथमा रहेकी नेपाली महिला चन्दा थापा समेतलाई पक्राउ गरेको हो। थापा काठमाडाैं बसाेबास गर्ने महिला हुन्। हाल दुवैजना राजस्व अनुसन्धान विभागको हिरासतमा छन्। पोखरा प्रहरीले उनीहरुको साथबाट अमेरिकी डलर, भारतीय रुपैयाँ, इङ्ग्लयाण्डको पाउण्ड तथा युरो गरी ३१ लख २८ हजार ७ सय ९ रुपैया बरामद गरेको छ। विदेशी मुद्राको अवैध कारोबारमा मुद्दा अगाडि बढेपछि दुबै आरोपीलाई विभागको जिम्मा लगाईएको हो। विनय र उनकी श्रीमती भार्गवीले एक वर्षमै लगानी दोब्बर हुने योजना अन्तर्गत सर्वसाधारण भारतीयबाट ४ अर्ब बढी रकम संकलन गरेका थिए। डिजी लोकल र एलएलपी नामका दुई कम्पनी खडा गरेर ठगी भएको थियो।
सर्वसाधारण निक्षेप संकलनपछि विनय दम्पत्ती फरार भएका थिए। भारती सुरक्षा अधिकारीले यस घोटाला प्रकरणलाई चार्ल्स पोन्जीको नाममा पोन्जी घोटाला नामाकरण गरी अनुसन्धान गरिरहेकाे छ।
प्रतिक्रिया