अपहरणपछि व्यापार व्यवसायी पौडेलको हत्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २६, २०७५
|
|
१८ पटक हेरिएको
Shares
अपहरणपछि व्यापार व्यवसायी पौडेलको हत्या

सारांश

  • काठमाडौं, २६ भदौ ।
  • झापामा एक व्यापारी मृत अवस्थामा फेला परेका छन् ।
  • उनको टाउको र घाँटीमा छुरा प्रहारको चोट देखिएको छ ।

काठमाडौं, २६ भदौ । झापामा एक व्यापारी मृत अवस्थामा फेला परेका छन् । उनको टाउको र घाँटीमा छुरा प्रहारको चोट देखिएको छ ।

झापाको कमल गाउँपालिका – ६ मंगलबारे घर भएका ३८ वर्षीय खेमराज पौडेल सोमबार साँझदेखि सम्पर्कविहीन थिए ।

प्रहरीले पौडेलको शव मंगलबार गौरीगञ्ज – ६ स्थित बाह्सुदीमा हत्या गरेर फालिएको अवस्थामा भेटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी कपडा व्यवसायी थिए ।

सोमबार व्यापारिक कारोबारको पैसा उठाउन उनी श्रीमतीसहित गौरीगञ्ज पुगेका थिए । पौडेलको हुसेनसँग ९० हजार रुपैयाँ उठाउन बाँकी रहेको प्रहरीले बताएको छ ।

श्रीमतीसहित आएपछि हुसेनले भाउजुलाई ल्याएर किन दुःख दिनुभएको भन्दै प्रश्न गरेका थिए । पौडेल श्रीमतीलाई खाजा पसलमा छोडेर पैसा लिन गएका थिए ।

तर राति अबेरसम्म पनि पौडेल नफर्किएपछि श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी लगत्तै प्रहरीले हुसेनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?