फ्रान्सेली नागरिकलाई लिएर फर्कियो कतार एयरवेजको जहाज

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १४, २०७६
|
|
१७ पटक हेरिएको
Shares
फ्रान्सेली नागरिकलाई लिएर फर्कियो कतार एयरवेजको जहाज

सारांश

  • काठमाडाैं।
  • नेपालमा रहेका फ्रान्सेली नागरिकलाई लिएर कतार एयरवेजको जहाज फर्किएको छ ।
  • कतार एयरवेजको वाइड बडी जहाजले आज बिहान ११ः५० बजेको उडानमा फ्रेन्च नागरिक लिएर फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

काठमाडाैं। नेपालमा रहेका फ्रान्सेली नागरिकलाई लिएर कतार एयरवेजको जहाज फर्किएको छ ।

कतार एयरवेजको वाइड बडी जहाजले आज बिहान ११ः५० बजेको उडानमा फ्रेन्च नागरिक लिएर फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले तीनजना बालबालिकासहित ३०४ यात्रु लिएर कतार एयरवेजको जहाज फर्किएको जानकारी दिए। कतार एयरवेजको सोही जहाज शनिबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी अन्य फ्रेन्च नागरिक लैजानेछ। बिहान ११ः५० बजेको उडान निर्धारण गरिएको विमानस्थलले जनाएको छ।

युरोपेली सङ्घको आग्रहबमोजिम नेपालका विभिन्न स्थानमा रहेका फ्रान्सेली नागरिकलाई परराष्ट्र मन्त्रालयसँगको समन्वयमा यहाँस्थित दूतावासले आफ्ना नागरिक काठमाडौँमा जम्मा गरी चार्टर्ड उडान गरेर लैजानका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार र शनिबार गरी दुई उडानको अनुमति दिएको थियो।

पोखरा, लुक्लालगायत गन्तव्यबाट फ्रान्सेली नागरिकलाई हवाई उद्धार गरी शुक्रबार काठमाडौँ ल्याइएको थियो। बुद्ध एयर र तारा एयरबाट उनीहरुलाई काठमाडौँ ल्याइएको थियो। लकडाउनका कारण देशका विभिन्न गन्तव्यमा रहेका विदेशीलाई नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा यहाँ रहेका सम्बन्धित मुलुकका दूतावासले उद्धार थालेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?