अब अनलाइनमै कन्सुलर सेवा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २६, २०७३
|
|
१६३ पटक हेरिएको
Shares
अब अनलाइनमै कन्सुलर सेवा

सारांश

  • तपाईंको कोही आफन्त विदेशमा अलपत्र परेका छन् ?
  • कोही आफन्तको मृत्यु विदेशमा भएको छ र शव झिकाउनु पर्नेछ ?
  • वा, विदेशमा मृत्यु भएकाको क्षतिपूर्ति तथा बिमा रकम हकदारलाई दिलाउने प्रक्रिया सुरु गर्नुपर्नेछ ?

तपाईंको कोही आफन्त विदेशमा अलपत्र परेका छन् ? कोही आफन्तको मृत्यु विदेशमा भएको छ र शव झिकाउनु पर्नेछ ? वा, विदेशमा मृत्यु भएकाको क्षतिपूर्ति तथा बिमा रकम हकदारलाई दिलाउने प्रक्रिया सुरु गर्नुपर्नेछ ?

यी सबै कार्यको लागि सरकारसँग सहयोग माग्न अब सेवाग्राहीले काठमाडौं धाइरहनु पर्नेछैन । इन्टरनेट सुविधा भए सेवाग्राहीले आफ्नै घरमा बसेर यो सेवा उपयोग गर्न सक्छन् ।

कन्सुलर सेवा विभागका महानिर्देशक गेहेन्द्रराज भण्डारीले भने ‘अहिले हामी अनलाइन सेवाको आन्तरिक रुपमा परीक्षण गरिरहेका छौं । परीक्षणका क्रममा देखिएका समस्या सच्चाउने काम भैरहेको छ । केही दिनभित्रै सेवाग्राहीका लागि यो सेवा अनलाइनमा उपलब्ध गराइनेछ ।’
परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले छिटै कन्सुलर सेवालाइ अनलाइनमार्फत उपल्ब्ध गरोउने तयारी गरेको खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?