‘एन्टीबायोटिकबारे उल्लेखनीय सफलता’
सारांश
- अमेरिकामा वैज्ञानिकहरुले एन्टीबायोटिक प्रतिरोधी संक्रमणविरुद्ध लड्ने दिशामा एउटा ठूलो प्रगति हासिल गरेको बताएका छन्।
- उनीहरुले जीवनरक्षा गर्ने एन्टीबायोटिकको नयाँ स्वरुप विकास गर्न सफल भएको बताएका छन्।
- संक्रमणविरुद्ध एन्टीबायोटिकले पनि काम नगर्ने समस्या विश्वव्यापी स्वास्थ्यका लागि ठूलामध्येको एक चुनौती रहिआएको छ।
अमेरिकामा वैज्ञानिकहरुले एन्टीबायोटिक प्रतिरोधी संक्रमणविरुद्ध लड्ने दिशामा एउटा ठूलो प्रगति हासिल गरेको बताएका छन्।
उनीहरुले जीवनरक्षा गर्ने एन्टीबायोटिकको नयाँ स्वरुप विकास गर्न सफल भएको बताएका छन्।
संक्रमणविरुद्ध एन्टीबायोटिकले पनि काम नगर्ने समस्या विश्वव्यापी स्वास्थ्यका लागि ठूलामध्येको एक चुनौती रहिआएको छ।

अनुसन्धानकर्ताहरुले उनीहरुकै शब्दमा चामत्कारिक नयाँ रुप दिन हाल प्रयोगमा रहेको भेन्कोमाइसिन एन्टीबायोटिकलाई परिष्कृत गरेका छन्।
भेन्कोमाइसिनले धेरै ठाउँमा पाइने अनि खासगरि मुत्रनली र घाउमा संक्रमण गराउने ब्याक्टेरियाविरुद्ध लड्ने क्षमता गुमाउँदै गएको थियो।
नयाँ औषधि पहिलाको एन्टीबायोटिकभन्दा एक हजार गुणा शक्तिशाली रहेको बताइएको छ। ब्याक्टेरियाले पुनः आक्रमण गर्न नसक्ने गरी सो एन्टीबायोटिकले तीन प्रकारले लड्ने बताइएको छ।
अनुसन्धानमा संलग्न एकजनाले बताए अनुसार यो नयाँ स्वरुपको औषधि पाँच वर्षभित्र प्रयोगमा ल्याउन मिल्ने गरि विकसित हुने उनको आशा छ।
प्रतिक्रिया