चुस्त र ब्यबस्थित महाधिवेशनको तयारी गर्नुस् : कमल थापा

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १९, २०७६
|
|
३७ पटक हेरिएको
Shares
चुस्त र ब्यबस्थित महाधिवेशनको तयारी गर्नुस् : कमल थापा

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुस्त , व्यवस्थित र प्रभावकारी महाधिवेशनको तयारीमा जुट्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन्।
  • पार्टीको केन्द्रीय सचिवालय, निर्वाचन समिति, संगठन र सूचना-प्रविधि विभागको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले समय सीमा भित्र तोकिएको कार्य सम्पन्न गर्न र नियमित अनुगमन गर्न समेत आग्रह गरेका छन्।

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुस्त , व्यवस्थित र प्रभावकारी महाधिवेशनको तयारीमा जुट्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन्। पार्टीको केन्द्रीय सचिवालय, निर्वाचन समिति, संगठन र सूचना-प्रविधि विभागको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले समय सीमा भित्र तोकिएको कार्य सम्पन्न गर्न र नियमित अनुगमन गर्न समेत आग्रह गरेका छन्। तल्लो तहको अनुशिक्षण बैठक तत्काल सम्पन्न गर्न र सकृय सदस्यता अभियानलाई प्रभावकारी बनाउन थापाले आग्रह गरे। राप्रपाको पछिल्लो संशाेधित विधान अनुसार यसपटकको महाधिवेशन सकृय सदस्यताको आधारमा हुनेछ। तोकिएको न्युनतम सकृय सदस्यता नबनेका गाउँ, नगर,क्षेत्र र जिल्लाबाट महाधिवेशन प्रतिनिधि बन्न नसक्ने प्रावधान राखिएको छ। गाउँ पालिका ,नगर,उपमहानगर ,महानगर, प्रदेश,संघीय र जिल्ला अध्यक्ष महाधिवेशनमा स्वत प्रतिनिधि हुनेछन् भने प्रत्येक प्रदेश क्षेत्र निर्वाचन समितीबाट ८ जनाको दरले महाधिवेशन प्रतिनिधि हुनेछन्। ८ जनामा अनिवार्य २ महिला,१ उत्पीडित ,२ आदिवासी जनजाति,पिछडिएको,अल्पसंख्यक ,थारु,मधेसीबाट र ३ अन्यबाट गरि प्रतिनिधित्व रहने छ। महाधिवेशनमा प्रबासबाट सहभागी हुने समेत जोड्दा पैंतालीस सय प्रतिनिधिको सहभागीता रहने जनाइएको छ। बैठकमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, निर्वाचन समितिका अध्यक्ष तोरणबहादुर गुरुङ ,संगठन विभाग प्रमुख सांसद राजेन्द्र लिङ्देन, सचिवालय प्रमुख भाष्कर भद्रा, सूचना-प्रबिधि बिभाग प्रमुख राजाराम बर्तौला लगाएतको उपस्थिति थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसरी- १ : जसपाका अशोक राई विजयी
सुनसरी- १ : जसपाका अशोक राई विजयी
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु
बेलायती प्रधानमन्त्रीलाई धक्का, इयुबाट बाहिरिने प्रस्ताव संसदबाट अस्वीकृत
बेलायती प्रधानमन्त्रीलाई धक्का, इयुबाट बाहिरिने प्रस्ताव संसदबाट अस्वीकृत
भागरथी हत्याका दोषी पत्ता लगाउने प्रहरी टोलीलाई फूलमाला
भागरथी हत्याका दोषी पत्ता लगाउने प्रहरी टोलीलाई फूलमाला
प्रधानमन्त्रीद्वारा सिराहाका दुई बालबालिकालाई विद्यालयमा भर्ना
प्रधानमन्त्रीद्वारा सिराहाका दुई बालबालिकालाई विद्यालयमा भर्ना
घर–घरमा देउसे पठाउने बली राजा हुन् कि वली राजा !(व्यंग्य)
घर–घरमा देउसे पठाउने बली राजा हुन् कि वली राजा !(व्यंग्य)
मोदीको प्रस्तावमा इमरान खानको जवाफको प्रतिक्षा
मोदीको प्रस्तावमा इमरान खानको जवाफको प्रतिक्षा
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ
भरिएको कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह
भरिएको कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह
Akshay Kumar embarrasses Mouni Roy with his drunk dance in ‘Chad Gayi Hai’ song from ‘Gold’
Akshay Kumar embarrasses Mouni Roy with his drunk dance in ‘Chad Gayi Hai’ song from ‘Gold’