अब पत्रकारलाई पनि मासिक पेन्सन !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
२० पटक हेरिएको
Shares
अब पत्रकारलाई पनि मासिक पेन्सन !

सारांश

  • काठमाडौं,  ९ जेठ ।
  • लामो समयदेखि पत्रकारितामा आवद्ध पत्रकारको जीवनयापनका लागि सहयोग गर्न पत्रकार वृत्ति कोष स्थापना भएको छ ।
  • सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले कार्यभार सम्हालेको ६० दिन नपुग्दै आम पत्रकारहरुका लागि ऐतिहासिक काम भएको हाे ।

काठमाडौं,  ९ जेठ । लामो समयदेखि पत्रकारितामा आवद्ध पत्रकारको जीवनयापनका लागि सहयोग गर्न पत्रकार वृत्ति कोष स्थापना भएको छ ।

सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले कार्यभार सम्हालेको ६० दिन नपुग्दै आम पत्रकारहरुका लागि ऐतिहासिक काम भएको हाे । ५/६ वर्ष अघि देखि चर्चामा रहेको तर, पूरा हुन नसकेर करोड÷करोडको बजेट समेत ल्याप्स हुँदै आएको बजेट यस आर्थिक वर्ष २०७४/०७५ मा ल्याप्स नहुने भएको छ ।

राज्यमन्त्री बास्कोटाको सक्रियतामा यही आ.व.देखि घटीमा २ करोडको ‘‘पत्रकार वृत्ति कोष स्थापना तथा संचालन निर्देशिका,–२०७५’’ कार्यान्वयनमा आउन सम्भव भएको हो । यो निर्देशिका कार्यान्वयन हुन थालेपछि पत्रकारहरुले जीवन निर्वाह नभएतापनि औषधिमूलोका लागि मासिकरुपमा पेन्सन सुविधा पाउने छन् ।

‘पत्रकार वृत्ति कोष’मा राज्यले जम्मा गरिदिने कोषबाट प्राप्त  ब्याजबाट  ‘पत्रकार वृत्ति कोष’ निर्देशिका अनुसार, ३० बर्ष निरन्तर पत्रकारिता गरेका र ६५ बर्ष उमेर पूरा भएका पत्रकारले मासिक वृत्ति सुविधा पाउने छन् ।  न्यायाधीशहरुले ६५ बर्षमा अवकाश पाउने व्यवस्था अनुसार, पत्रकारको पनि ६५ बर्षको अवकास उमेर तय गरिएको थाहा भएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले तयार पारेको पत्रकार वृत्ति कोष स्थापना तथा सञ्चालन निर्देशिका, २०७५ अनुसार, जेष्ठ पत्रकारलाई प्रत्येक महिना मासिक वृत्ति प्रदान गरिनेछ । तर, अहिले त्यसरी दिइने रकम भने तोकिएको छैन ।  उक्त निर्देशिका बनाउने जिम्मा भने सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सहसचिव प्रेम श्रेष्ठ, सूचना विभाग महानिर्देशक बालकृष्ण घिमिरे, वरिष्ठ पत्रकार गोपाल बुढाथोकी, प्रेस काउन्सिलका प्रतिनिधि संगीता खड्का र नेपाल पत्रकार महासंघका प्रतिनिधि राजेश मिश्रलगायतले पाएका थिए ।

‘‘पत्रकार वृत्ति कोष स्थापना तथा संचालन निर्देशिका,–२०७५’’ संचालक समितिमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव अध्यक्ष, अर्थ मन्त्रालयका सहसचिव सदस्य, प्रेस काउन्सिलका अध्यक्ष वा निजले तोकेको प्रतिनिधि सदस्य, नेपाल पत्रकार महासंघका अध्यक्ष वा निजले तोकेको प्रतिनिधि सदस्य, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले मनोनित गरेका श्रमजीवी पत्रकारहरु मध्येबाट कम्तीमा एकजना महिला सहित दुईजना सदस्य र महानिर्देशक, सूचना विभाग सदस्यसचिव रहने व्यवस्था छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    Lu moj gara .

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?