गोविन्द केसीको बयानः प्रधानन्यायाधीशमाथि कडा छानबिन हुनुपर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २५, २०७४
|
|
२४ पटक हेरिएको
Shares
गोविन्द केसीको बयानः प्रधानन्यायाधीशमाथि कडा छानबिन हुनुपर्ने

सारांश

  • काठमाडौं, पुस २४ ।
  • सर्वोच्च अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा गोविन्द केसीले सर्वोच्च अदालतमा बयान दिएका छन् ।
  • बयानमा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले दुई ठाउँबाट नागरिकता लिएको भन्दै उनीमाथि न्यायिक छानबिन गरी कारबाही हुनुपर्ने माग गरेका छन् ।

काठमाडौं, पुस २४ । सर्वोच्च अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा गोविन्द केसीले सर्वोच्च अदालतमा बयान दिएका छन् । बयानमा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले दुई ठाउँबाट नागरिकता लिएको भन्दै उनीमाथि न्यायिक छानबिन गरी कारबाही हुनुपर्ने माग गरेका छन् ।

केसीले अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई सफाइ दिएको प्रकरणमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने उल्लेख गरेका छन् ।

त्यस्तै डा. केसीले पराजुलीले न्यायपालिकाको आस्था, गरिमा र स्वाधीनतालाई चुनौती दिएको भन्दै उनीबाटै अदालतको अवहेलना भएकाले पराजुलीमाथि अदालतको अवहेलनामा कारबाही गर्न माग गरेका छन् ।

केसीले ६५ वर्ष पुगेर पनि प्रधानन्यायाधीश पदमा बस्नु गैरकानुनी रहेको बताएका छन् । केसीको लिखित बयनमा भनिएको छ– ओहोदाको दुरुपयोग हो । यस किसिमले कार्य भनेको न्याय बेचबिखन गर्नु सरह हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?