उत्कृष्ट विद्यालयलाई प्रोत्साहन गरिने

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २७, २०७५
|
|
१४ पटक हेरिएको
Shares
उत्कृष्ट विद्यालयलाई प्रोत्साहन गरिने

सारांश

  • ओखलढुङ्गा, २७ चैत ।
  • ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई आर्थिक सहयोग गर्ने भएको छ ।
  • गाउँपालिका क्षेत्रभित्रबाट बढी नम्बर ल्याएर एसइई पास गर्ने विद्यार्थीलाई उच्च शिक्षाका लागि प्रोेत्साहनस्वरुप रु १० हजार र विद्यालयलाई थप हौसलास्वरुप रु एक लाख दिने भएको हो ।

ओखलढुङ्गा, २७ चैत ।ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिका क्षेत्रभित्रबाट बढी नम्बर ल्याएर एसइई पास गर्ने विद्यार्थीलाई उच्च शिक्षाका लागि प्रोेत्साहनस्वरुप रु १० हजार र विद्यालयलाई थप हौसलास्वरुप रु एक लाख दिने भएको हो ।

शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले उत्कृष्ट विद्यार्थी र विद्यालयलाई नगद सहयोग गर्ने नीति लिएको शिक्षा समितिका सदस्य कमलप्रसाद न्यौपानेले बताउनुभयो । “गुणस्तरका लागि पालिकाभित्रका विद्यालय–विद्यालय र विद्यार्थी–विद्यार्थीबीचमा प्रतिस्पर्धा भइरहेको छ”, खिजीकातीका वडाध्यक्षसमेत रहनुभएका न्यौपानेले भन्नुभयो, “गतवर्षबाट हामीले छात्रवृत्ति कार्यक्रम ल्याएर उत्कृष्ट हुनेलाई सहयोग गर्दै आएका छौँ ।” कक्षा ८ र एसइईमा बढी अङ्क ल्याउने छात्रछात्रा, उच्च शिक्षा अध्ययन गर्ने जेहेन्दार विद्यार्थी, दलित, अपाङ्ग लगायतलाई गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको छ ।

गाउँपालिकाले शैक्षिक विकासलाई प्राथमिकता दिँदै आएको छ । सामुदायिक विद्यालयको शिक्षामा स्थानीयवासीको आकर्षण बढाउन पालिकाको तल्लो तह देखिनै विभिन्न अभ्यास थालिएको वडाध्यक्ष राम सुनुवारको भनाइ छ । “शिक्षाबिनाको विकास कल्पना पनि गर्न सकिन्न त्यसैले गाउँकै स्कुलमा गुणस्तरीय शिक्षा दिन स्थानीय सरकारले भूमिका खेलिरहेको छ”, सुनुवारले भन्नुभयो ।

खिजीदेम्बाले नीतिगत निर्णय गरेर बुहारी छात्रवृत्ति सहितका कार्यक्रम ल्याएको छ । विद्यालय गएर पढ्ने बुहारीलाई छनोट गरेर वार्षिक छात्रवृत्ति दिने गरेको छ ।

बालविवाह न्यूनीकरण सम्बन्धी नाटक

खिजीदेम्बामा बालविवाह न्यूनीकरण गर्न सडक नाटक प्रदर्शन गरिएको छ । लिखुदेम्बा सामुदायिक विकास मञ्चले बढ्दो बालविवाह घटाउने उद्देश्यले सडक नाटक देखाएको हो ।

सभ्य शैलीमा कुरीति विरुद्धको अभियान चलाइएको संस्थाका सचिव कमलकृष्ण घिसिङले बताउनुभयो । “समय परिवर्तन भयो, प्रविधिको विकासले सबैलाई नयाँ शैलीमा जिउन सिकायो, तर गाउँघरमा जरा गाडेर बसेको कुरीति हटेन”, घिसिङले भन्नुभयो, “यसो गर्नुहुँदैन मात्रै भन्यो भने कसैले नसुन्ने नपत्याउने भएकाले नाटक गरेर देखाएरै बालविवाह गर्नु नहुने रहेछ भनेर बुझाउन खोेजेका हौँ ।” बालविवाह सहितको कुरीति हटाउने सन्देश दिन खिजीदेम्बामा नाट्य समूह नै तयार पारिएको छ । त्यो समूहले सङ्घ संस्थासँगको समन्वयमा गाउँ–गाउँमा पुगेर सडक नाटक देखाउने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरुङ मार्गमा पुरिएका ४ जनाको  ३८ घण्टापछि उद्धार
सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घण्टापछि उद्धार
यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान
यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान
बीस आयोजनाका लागि एक्काइस करोड बजेट विनियोजन
बीस आयोजनाका लागि एक्काइस करोड बजेट विनियोजन
प्रधानमन्त्री आफैले दार्‍ही काट्नु भएको छ : सुर्य थापा
प्रधानमन्त्री आफैले दार्‍ही काट्नु भएको छ : सुर्य थापा
पशुपतिघाटबाट बगाएर बेपत्ता तीनमध्ये एक जनाको शव फेला
पशुपतिघाटबाट बगाएर बेपत्ता तीनमध्ये एक जनाको शव फेला
झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म
झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म
कोशी प्रदेशका मुख्यमन्त्रीले आज बिश्वासको मत लिने
कोशी प्रदेशका मुख्यमन्त्रीले आज बिश्वासको मत लिने
सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक : अध्यक्ष ओली
सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक : अध्यक्ष ओली
विदेशमा नेपाली ठग्नेलाई हुनेछ यस्ता कारबाही
विदेशमा नेपाली ठग्नेलाई हुनेछ यस्ता कारबाही
निर्मला पन्त हत्या प्रकरण: सरकारले १५ लाख रुपैयाँ दिने

तपाईंले छुटाउनुभयो कि?