दुःख र अशान्तिको कारण बौद्ध दर्शनको जन्म : गृहमन्त्री
सारांश
- काठमाडौं ।
- गृहमन्त्री रामबहादुर थापाले शान्ति र सुशासनका माध्यमबाट समृद्ध नेपाल एवं सुखी नेपालीका लागि बौद्ध दर्शनको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
- बौद्ध तथा मेलम्ची घ्याङ गुठीले २५६३औँ बुद्धजयन्तीका अवसरमा बौद्ध स्तुपमा आयोजना गरेको कार्यक्रममा दुःख र अशान्तिकै कारण बौद्ध दर्शनको जन्म भएको बताउनुभयो ।
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले शान्ति र सुशासनका माध्यमबाट समृद्ध नेपाल एवं सुखी नेपालीका लागि बौद्ध दर्शनको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
बौद्ध तथा मेलम्ची घ्याङ गुठीले २५६३औँ बुद्धजयन्तीका अवसरमा बौद्ध स्तुपमा आयोजना गरेको कार्यक्रममा दुःख र अशान्तिकै कारण बौद्ध दर्शनको जन्म भएको बताउनुभयो ।
‘मानिसले आफूलाई केन्द्रविन्दुमा राखेर सोच्दा दुःख र अशान्ति हुने गरेको छ, सबैले हामी भन्ने भावनाबाट अघि बढ्न सके शान्ति स्थापना हुन्छ, अहिंसा, सदाचार, समानता र शान्तिबाट दुःख अन्त्य गर्न सकिन्छ,’ मन्त्री थापाले भने ।
विश्वमा वार्षिक खर्बौ डलर हतियार उत्पादनका लागि खर्च हुने गरेकाले पनि शान्तिको आवश्यकता विश्वव्यापीरुपमा भएको बताए । यसैकारण पश्चिमा देशमा बौद्ध दर्शनका अनुयायी बढ्दै गएको मन्त्री थापाले सुनाए । धार्मिक पर्यटन प्रवर्द्धनका माध्यमबाट नेपाललाई समृद्ध बनाउन सकिने भएकाले सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको बताए ।
कार्यक्रममा गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाले पाँचौँ शताब्दीमा निर्मित बौद्ध स्तुपको धार्मिक महत्व विश्वका बौद्ध धर्मावलम्बीकै लागि भएकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलका रुपमा विकास गरिनुपर्ने बताए ।
ओशो तपोवनका संस्थापक अध्यक्ष स्वामी आनन्द अरुणले लुम्बिनीमा भौतिक पूर्वाधारको निर्माण गरे वार्षिक ३० लाख पर्यटक भित्र्याउन सकिनेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।
प्रतिक्रिया