मुलपानीमा गोली चल्यो, लुटेरा समुहका नाइके ‘खुँडे’ पक्राउ
सारांश
- काठमाडौँ – काठमाडौंको मुलपानीमा प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छन् ।
- लुटेरा समूहका नाइके मानिने ‘खुँडे’ भन्ने अम्बरबहादुर तामाङलाई बिहीबार राति पक्राउ गरेको हो ।
- महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले २ राउन्ड गोली चलाएर पक्रेको हो ।
काठमाडौँ – काठमाडौंको मुलपानीमा प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छन् । लुटेरा समूहका नाइके मानिने ‘खुँडे’ भन्ने अम्बरबहादुर तामाङलाई बिहीबार राति पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले २ राउन्ड गोली चलाएर पक्रेको हो । पक्राउ गर्न खोज्दा आक्रमण गर्न खोजेकाले गोली हान्दा उनको दाहिने खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । उनी सिन्धुपाल्चोक बाह्रबिसेका हुन, हाल गोकर्णेश्वरमा बस्दै आएका थिए।
प्रहरीका अनुसार घटनास्थलबाट कटुवा पेस्तोल, गोली, १२ सय अमेरिकन डलर, ८ थान डलर साट्न प्रयोग गर्ने कागजको बिटा बरामद गरिएको छ।
प्रहरीका अनुसार जेठ २४ मा काठमाडौं साँखु पुल नजिकै ताप्लेजुङका वीरेन तामाङको १९ लाख ६० हजार, २८ गते कपन संयुक्तपार्कबाट ताप्लेजुङकै राजकुमार बानियाँको ४ लाख ९० हजार, सूर्यविनायक जंगलमा स्याङ्जा चापाकोटका राज भण्डारीबाट ८ लाख लुटेका थिए।
तामाङ नेतृत्वको एक समूहले हतियार देखाइ तर्साएर लुट्ने, धम्क्याउने गर्ने गरेकाले पक्रेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया