अमेरिकामा बैंककै कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु, नौ घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २८, २०७९
|
|
२४ पटक हेरिएको
Shares
अमेरिकामा बैंककै कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु, नौ घाइते

सारांश

  • वाशिंटन।
  • अमेरिकाको केन्टुकी राज्यको लुइसभिलस्थित एक बैंकमा कार्यरत एक जना कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ।
  • आक्रमणकारीले आफ्नो इन्स्टाग्राममा गोली चलाउदै गरेको लाइभ स्ट्रिम गरेको त्यहाँका प्रहरीले जनाएको छ।

वाशिंटन। अमेरिकाको केन्टुकी राज्यको लुइसभिलस्थित एक बैंकमा कार्यरत एक जना कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ। आक्रमणकारीले आफ्नो इन्स्टाग्राममा गोली चलाउदै गरेको लाइभ स्ट्रिम गरेको त्यहाँका प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरु ४० बर्षदेखि ६४ बर्षसम्मका छन्। आक्रमणमा अन्य नौ जना घाइते भएका छन्। घाइतेमध्ये एकजना दुई साताअघि मात्रै भर्ना भएका एकजना प्रहरी अधिकारी पनि छन्। उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको समाचारमा उल्लेख गरिएको छ।

शहरको केन्द्रमा रहेको पुरानो नेसनल बैंकमा गोली चलेको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमार्फत धेरै अमेरिकीहरुले निहत्थामा ज्यान गुमाईरहेको बताउँदै कङ्ग्रेसमा रिपब्लिकनहरूले अमेरिकी जनताको जीवन रक्षाका लागि कहिले काम गर्नेछन् भनी प्रश्न गरेका छन्।

अमेरिकी डेमोक्रेटिक पार्टीले कडा बन्दुक सुरक्षा कानून बनाउन लामो समयदेखि कंग्रेसलाई जोड दिँदै आएको छ। तर रिपब्लिकन सांसदहरूले भने त्यस्को कडा विरोध गरिरहेको छ। केन्टकीमा २१ वर्ष भन्दा माथिका अधिकांश वयस्कहरूलाई इजाजतपत्र बिना बन्दुक किन्न र बोक्न अनुमति दिने गर्दछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?