सहायक विदेशमन्त्री लुद्वारा उच्चस्तरीय भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०८०
|
|
१९ पटक हेरिएको
Shares
सहायक विदेशमन्त्री लुद्वारा उच्चस्तरीय भेटवार्ता

सारांश

  • काठमाडौँ ।
  • नेपाल भ्रमण रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसियाली मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लु आज दिनभर विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहे ।
  • यस क्षेत्रमा आफ्नो नियमित कूटनीतिक संलग्नताअन्तर्गत उनी एक दिने नेपाल भ्रमणका लागि आज आइपुगेका थिए ।

काठमाडौँ । नेपाल भ्रमण रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसियाली मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लु आज दिनभर विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहे ।

यस क्षेत्रमा आफ्नो नियमित कूटनीतिक संलग्नताअन्तर्गत उनी एक दिने नेपाल भ्रमणका लागि आज आइपुगेका थिए । भेटवार्ताका क्रममा सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर उनका श्रीमती सीता दाहालको निधनप्रति समवेदना व्यक्त गरे ।

यसैगरी उनले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै शिष्टचार भेटवार्ता गरे । सो अवसरमा उनले लोकतन्त्रका लागि शिखर सम्मेलनमा नेपालले हासिल गरेका उपलब्धि, नेपालमा मानवअधिकार संरक्षणको पछिल्लो समय सुदृढीकरण र आगामी अगष्टमा कार्यान्वयन सुरु हुने अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कम्प्याक्टको हालसम्मको प्रगतिका बारेमा छलफल गरेका थिए । सो परियोजनाले आगामी पाँच वर्षभित्र अत्यावश्यक विद्युतीय पूर्वाधार उपलब्ध गराउने, सडक मर्मत सम्भारको क्षमतामा सुधार गर्ने र हजारौं रोजगारी सिर्जना गर्नेछ ।

उच्चस्तरीय कूटनीतिक संलग्नताले द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने, नेपाल–अमेरिकाको क्षेत्रीय साझेदारीलाई सुदृढ गर्ने, सार्वभौमसत्ता सम्पन्न, समृद्ध र प्रजातान्त्रिक संसारलाई अगाडि बढाउने अपेक्षा लिइएको छ । आफ्नो क्षेत्रीय भ्रमणका क्रममा सहायक विदेशमन्त्री लुले भारत र बंगलादेशको भ्रमण गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?