सामाखुसीमा पैदल यात्रुलाई माइक्रोले ठक्कर दियो, १ जनाको मृत्यु, ४ घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०७५
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • काठमाडौंको सामाखुसी चोकमा सोमबार पैदल यात्रु्लाई माइक्रोले ठक्कर दिँदा एक जना पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।
  • ५५ वर्षीयाँ धुम्बाराहीकी सिता दाहालको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख मोहन केसी घटनामा अन्य ४ जना पैदल यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

काठमाडौं । काठमाडौंको सामाखुसी चोकमा सोमबार पैदल यात्रु्लाई माइक्रोले ठक्कर दिँदा एक जना पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको छ । ५५ वर्षीयाँ धुम्बाराहीकी सिता दाहालको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख मोहन केसी

घटनामा अन्य ४ जना पैदल यात्रु घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बा १ ज ९६२२ नम्बरको माइक्रोले बाटो काटिरहेका पैदल यात्रुलाई ठक्कर दिएको हो ।

घटनामा घाइते भएकाहरुको अल नेपाल अस्पतालमा उपचार भइरहेको छ । खोटांगकी १९ वर्षीया सपना राई, कोटेश्वरकी ५० वर्षीया सावित्री  अधिकारी, काटेश्वरकै ५३ वर्षीया सुशीला अधिकारी,  धुम्बाराही ५५ वर्षीया लक्ष्मी रोकाय रहेका छन् । गाडी चालक रामेछापका ४० वर्षीय टंक कार्की रहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?