चेन्नाइ विरुद्व हारको बदला लिने दाउमा मनाङ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ९, २०७६
|
|
३६ पटक हेरिएको
Shares
चेन्नाइ विरुद्व हारको बदला लिने दाउमा मनाङ

सारांश

  • काठमाडौं।
  • एएफसी कप फुटबल प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले भारतको चेन्नाइसँग खेल्ने भएको छ।
  •  सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदानमा यही असार ११ गते हुने ‘होम’ खेलमा नेपाली लिग च्याम्पियन मनाङ मस्र्याङ्दी चेन्नाईविरुद्व मैदानमा उत्रनेछ।

काठमाडौं। एएफसी कप फुटबल प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले भारतको चेन्नाइसँग खेल्ने भएको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदानमा यही असार ११ गते हुने ‘होम’ खेलमा नेपाली लिग च्याम्पियन मनाङ मस्र्याङ्दी चेन्नाईविरुद्व मैदानमा उत्रनेछ।

समूह चरणमा एक खेल पनि जित हात पार्न नसकेको मनाङ पहिलो जितको खोजीमा मैदान उत्रँदा चेन्नाइविरुद्ध हारको बदला लिने दाउमा रहनेछ। सोही हारको बदला मनाङले घरेलु मैैदानमा लिन चाहन्छ।

यसअघि गत अप्रिलमा चेन्नाइसँग उसैको मैदानमा भएको अबे खेलमा मनाङ मस्र्याङ्दी २–० गोलअन्तरले पराजित भएको थियो। प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको मनाङको लागि भने उक्त खेल प्रतिष्ठाको लागि मात्र हुनेछ।

प्रतियोगितामा दुई अङ्क मात्र जोड्न सकेको मनाङ एएफसी कपबाट यसअघि नै बाहिरिसकेको छ । यसअघि पाँच खेल खेलेको मनाङ जितविहीन छ । मनाङले दुई खेलमा बराबरी तथा तीन खेलमा पराजय भोग्यो।

समूह इ मा रहेको मनाङ अङ्क तालिकाको अन्तिम स्थानमा छ । त्यस्तै बङ्गलादेशको अबहानी लिमिटेड १० अङ्कका साथ शीर्ष स्थानमा छ भने आठ अङ्क जोडेको चेन्नाइ दोस्रो स्थानमा छ ।

त्यस्तै मिनर्वा पञ्जाब पाँच अङ्कका साथ तेस्रो स्थानमा छ । प्रतियोगितामा समूहको शीर्ष स्थानमा रहने टोली अघिल्लो चरणमा छनोट हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?