अमेरिका जान डराए नेपाली विद्यार्थी

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २४, २०७३
|
|
१७९ पटक हेरिएको
Shares
अमेरिका जान डराए नेपाली विद्यार्थी

सारांश

  • महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता उच्च शिक्षा हाशिल गर्न त्यसतर्फ जाने नेपाली विद्यार्थीको संख्या ह्वात्तै घटेको खबर आजको नागरिकमा छ ।
  • राष्ट्रपति ट्रम्पले आप्रवासी सम्बन्धी कठोर नीति लिएका कारण विद्यार्थीमा अमेरिका आकर्षण घटेको हो ।
  • आइतबार अमेरिकाको नो अब्जेक्शन लेटर लिने विद्यार्थी शून्य भएपछि शिक्षा मन्त्रालयका पदाधिकारी आश्चर्यमा परेका छन् ।

महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता उच्च शिक्षा हाशिल गर्न त्यसतर्फ जाने नेपाली विद्यार्थीको संख्या ह्वात्तै घटेको
खबर आजको नागरिकमा छ ।

राष्ट्रपति ट्रम्पले आप्रवासी सम्बन्धी कठोर नीति लिएका कारण विद्यार्थीमा अमेरिका आकर्षण घटेको हो ।
आइतबार अमेरिकाको नो अब्जेक्शन लेटर लिने विद्यार्थी शून्य भएपछि शिक्षा मन्त्रालयका पदाधिकारी आश्चर्यमा परेका छन् ।

शिक्षा मन्त्रालयका उपसचिव डिल्लिश्वर प्रधानका अनुसार अंग्रेजी महिनाको सुरू अर्थात जनवरी लागेदेखि अमेरिकाका लागि नो अब्जेक्सन लेटर लिने विद्यार्थीको संख्या घट्दै गएको छ ।

उपसचिव प्रधानले उपलब्ध गराएको तथ्यांक अनुसार मंसिर १ देखि पुस १६ गतेसम्म ६ हजार तीन सय ६६ बिद्यार्थीले नोअब्जेक्सन लेटर लिएका थिए । यसमा असट्रेलिया जाने विद्यार्थी धेरै थिए भने दास्रो स्थानमा अमेरिका थियो ।

राट्रिपति ट्रम्पको उदयसँगै अमेरिका जाने नेपाली विद्यार्थी ह्वात्तै घटेको उनले बताए ।

त्यस अवधिमा नोअब्जेक्सन लेटर लिनेमध्ये अष्ट्रेलिया जाने ३ हजार ३ सय ८८ थिए भने अमेरिका जाने ९ सय ५९ बिद्यार्थी रहेको प्रधानले बताए ।

उनका अनुसार जनवरी १ देखि अमेरिकाको लागि नोअब्जेक्सन लेटर लिन आउने विद्यार्थीको संख्या शुन्य छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा
चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा
सिंहदरबारका अघिकांश  कर्मचारीमा ‘ब्लडप्रेसर हाई’
सिंहदरबारका अघिकांश कर्मचारीमा ‘ब्लडप्रेसर हाई’
काठमाडौंको नेपालटारमा १४ वर्षीय बालिका बलात्कृत
तीन वर्षमा माेनाेरेल अाउने !
तीन वर्षमा माेनाेरेल अाउने !
चिनबाट विद्यार्थी ल्याएर राख्नका लागि भक्तपुरको खरिपाटीमा तयारी तीब्र
चिनबाट विद्यार्थी ल्याएर राख्नका लागि भक्तपुरको खरिपाटीमा तयारी तीब्र
राजनीतिको उच्चतम बिन्दुमा पुग्नु नै मेरो लक्ष्य हो : विनोद चौधरी
राजनीतिको उच्चतम बिन्दुमा पुग्नु नै मेरो लक्ष्य हो : विनोद चौधरी
वैशाखमै भव्य कार्यक्रमको साथ् ‘डी सिने अवार्ड’, हेटौडामा हुनेछ
वैशाखमै भव्य कार्यक्रमको साथ् ‘डी सिने अवार्ड’, हेटौडामा हुनेछ
दार्चुला प्रकरणः छानविन समितिले भन्यो तुइन काण्डमा भारतीय एसएसबीको उपस्थिति
दार्चुला प्रकरणः छानविन समितिले भन्यो तुइन काण्डमा भारतीय एसएसबीको उपस्थिति
उमेर हदबन्दी विवादले माओवादी अखिलमा ‘भद्रगोल’
उमेर हदबन्दी विवादले माओवादी अखिलमा ‘भद्रगोल’
१० रुपैयाँ मै कपडा बिक्री, आम्दानीबाट विद्यालय सञ्चालन
१० रुपैयाँ मै कपडा बिक्री, आम्दानीबाट विद्यालय सञ्चालन