रास्वपाका ४ सांसदले दिए १५ हजार जरिवाना गर्ने निर्णयविरुद्ध उच्च अदालतमा निवेदन

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १४, २०८०
|
|
३८ पटक हेरिएको
Shares
रास्वपाका ४ सांसदले दिए १५ हजार जरिवाना गर्ने निर्णयविरुद्ध उच्च अदालतमा निवेदन

सारांश

  • काठमाडौं ।
  • निर्वाचन आयोगविरुद्ध उच्च अदालत पाटनमा राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना सांसदले निवेदन दिएका छन् ।
  • सांसदहरुले निर्वाचन आयोगले १५ हजार रुपैयाँ जरिवाना गरेको भन्दै उच्च अदालत पाटनमा रिट दिएका हुन् ।

काठमाडौं । निर्वाचन आयोगविरुद्ध उच्च अदालत पाटनमा राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना सांसदले निवेदन दिएका छन् ।

सांसदहरुले निर्वाचन आयोगले १५ हजार रुपैयाँ जरिवाना गरेको भन्दै उच्च अदालत पाटनमा रिट दिएका हुन् ।

सांसदहरु विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आफूहरुले कानुन अनुसार निर्वाचन खर्च विवरण बुझाउने र सार्वजनिक गर्ने गरिसक्दा पनि १५ हजार रुपैयाँ जरिवाना गरेको भन्दै उच्च अदालत पाटनमा रिट दिएको स्रोतले जानकारी दिएको छ ।

निर्वाचन आयोगले कारबाही गर्नुपूर्व स्पष्टिकरण सोध्नुपर्ने र दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको अवस्थामा मात्र कारबाही गर्नुपर्नेमा प्रक्रिया पूरा नगरी कारबाही गरेको उनीहरुले रिटमा उल्लेख गरेका छन् ।

निर्वाचन आयोगले निर्वाचन खर्च विवरण बुझाएर त्यसलाई सार्वजनिक नगरिएको भन्दै प्रतिनिधिसभाका एक हजार ३७ जना र प्रदेशसभाका एक हजार ३९८ उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Azərbaycanda rəsmi say
आगलागीमा तीन करोडको क्षति
आगलागीमा तीन करोडको क्षति
राजेन्द्र महतो सहित ८ जनाको नेपाली नागरिकता रद्द
राजेन्द्र महतो सहित ८ जनाको नेपाली नागरिकता रद्द
युएईमा अष्टमी गुरुङ आत्महत्या घटना : आरोपित बंगलादेशी नागरिक निर्दोष भएको फैसला
युएईमा अष्टमी गुरुङ आत्महत्या घटना : आरोपित बंगलादेशी नागरिक निर्दोष भएको फैसला
मधेस प्रदेश: तीन बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी
मधेस प्रदेश: तीन बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी
बस दुर्घटनाका घाइते भएका ८१ घाइते उपचारपछि घर फर्के
बस दुर्घटनाका घाइते भएका ८१ घाइते उपचारपछि घर फर्के
ओलीले प्रचण्डबारे भने; हिजो जङ्गल बस्नुभएको थिएन, जेलवाला तेलले जुल्फी कोरेर दिल्ली बस्नुभयो
बलात्कार काण्डका काङ्ग्रेस तरुण दलका नेता सिजन गुरुङ पक्राउ
बलात्कार काण्डका काङ्ग्रेस तरुण दलका नेता सिजन गुरुङ पक्राउ
बालबालिकाको सुन लुट्ने महिला र ती किनेर स्वरुप परिर्वतन गरी बच्ने व्यक्ति पक्राउ
बालबालिकाको सुन लुट्ने महिला र ती किनेर स्वरुप परिर्वतन गरी बच्ने व्यक्ति पक्राउ
सिद्धार्थ बैंकका ग्राहकहरुलाई विराटनगरको ह्यारिसन प्यालेसमा विशेष छुट
सिद्धार्थ बैंकका ग्राहकहरुलाई विराटनगरको ह्यारिसन प्यालेसमा विशेष छुट