अर्थमन्त्री खतिवडाविरूद्ध नेकपाकी नेतृ , राष्ट्रियसभामा बजेटमाथि छलफल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १७, २०७५
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १७ जेठ ।
  •   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ तथा सांसद रामकुमार झाक्रीले अर्थमन्त्री युवराज खतिवडाको अभिब्यक्ति गैरजिम्मेवारपूर्ण रहेको बताएकी छन् ।
  • बुधबार बजेट माथिको छलफलमा संसदमा बोल्दै झाक्रिले यस्तो बताएकि हुन् ।

काठमाडौँ, १७ जेठ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ तथा सांसद रामकुमार झाक्रीले अर्थमन्त्री युवराज खतिवडाको अभिब्यक्ति गैरजिम्मेवारपूर्ण रहेको बताएकी छन् । बुधबार बजेट माथिको छलफलमा संसदमा बोल्दै झाक्रिले यस्तो बताएकि हुन् ।

उनले भनिन् ‘ट्र्यापमा परेको’ भनेर दिएको अभिब्यक्तिलाई साँसद झाँक्रीले गैरजिम्मेवारपूर्ण छ ।’ ‘पदमा बसेका ब्यक्तिले यसरी आफु ‘ट्र्यापमा परेको’ भन्नु गैरजिम्मेवार अभिब्यक्ति हो’ उनले भन्निन्, ‘पदमा बस्ने व्यक्तिले आफुले गरेको कामको जिम्मेवारी लिन सक्नु पर्दछ।’

अर्थमन्त्री खतिवडाले बुधबारको पत्रकार सम्मेलनमा संसदभित्र सांसदहरुले राजनीतिक सहमति गरेर आफुलाई ‘ट्र्यापमा परेका’ ले संसदीय क्षेत्रको विकासका लागि सांसदहरुलाई बजेट छुट्याउनु परेको बताएका थिए ।

राष्ट्रियसभामा बजेटमाथि छलफल

आव २०७५÷७६ को राजश्व र व्ययको वार्षिक बजेटका सम्बन्धमा सत्ता पक्षका सांसदबाट उत्कृष्ट रहेको प्रतिक्रिया आएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले भने कार्यान्वयन मुखी नभएको संज्ञा दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा युवाराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
उक्त प्रस्ताव पछि भएको दलगत छलफलमा नेपाली काँग्रेसका सुरेन्द्र पाण्डेले बजेटले प्राथमिता नतोकेको, दशतिर छरिएको र प्रधानमन्त्री कार्यालयका लागि रु १५६ अर्ब विनियोजन गरिएकोमा आपत्ति जनाउँदै दिगो विकास लक्ष्य हासिल गर्न बजेटले सहयोगी हुन नसक्ने बताउनुभयो ।

उहाँले कम्युनिष्ट पार्टीले निर्वाचनका समयमा आफ्नो घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धतासमेत बजेटमा नआएको हुँदा आश्वासन र गफ मात्र भएको तर कार्यान्वयन नहुने खालको भएको, राज्य नियन्त्रित अर्थतन्त्रतर्फ उन्मुख भएको, निजी क्षेत्र उत्साहित नहुँदा धेरै लगानी गर्नेसमेत वातावरण सिर्जना नभएको आरोप लगाउनुभयो ।

सांसद पाण्डेले बजेट वक्तव्यमा उल्लेख भएअनुसार पाँचलाख रोजगार सिर्जना हुन नसक्ने, मनोरेल तथा सुरुङ मार्ग निर्माण हुन नसक्ने हुँदा बजेट बौद्धिक ठगीका रुपमा आएको संज्ञा दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका बलराम बास्कोटीले समाजवादी अर्थतन्त्रतर्फ केन्द्रीत रहेको बजेटले दिगो विकासका लक्ष्य पुरा गर्ने, विकासोन्मुख देशबाट विकसित देशमा उक्लने राष्ट्रिय लक्ष्य पूरा गर्न सहयोग गर्ने, स्वदेशभित्र रोजगारी सिर्जना गर्ने बताउनुभयो ।

संसदीय अभ्यासमा प्रधानमन्त्री सर्वाेच्च हुने हुँदा नै प्रधानमन्त्रीको कार्यालयलाई बढी बजेट विनियोजन हुनु स्वाभाविक भएकाले यसलाई शंकाका रुपमा नहेर्न आग्रह गर्दै उहाँले खुला अर्थतन्त्रलाई बजेटले समेटेको , विकास र आर्थिक समृद्धिलाई पनि जोड दिएको छ भन्नुभयो ।

सोही पार्टीका सांसद जीवन बुढाले समृद्ध नेपाल ः सुखी नेपालको मार्गचित्रलाई पूरा गर्न बजेटले ध्यान दिएको, कृषिलाई आधुनिकरण, बजारीकरण र यान्त्रिकरण गर्ने वातावरण सिर्जना गरेको, कृषि बिमालाई प्राथमिकता दिएको, ठूला आयोजनालाई जोड दिएको र संवैधानिक अधिकारमा आधारित बजेट आएको बताउनुभयो ।उहाँले बजेट वस्तुवादी र कार्यान्वयनमुखी रहेको हुँदा शत प्रतिशत कार्यान्वयन गर्न सकिन्छ भन्नुभयो ।
राष्ट्रिय जनता पार्टीका रमेशप्रसाद यादवले कृषि प्रधान देशमा कूल बजेटको तीन प्रतिशत मात्र रकम विनियोजन हुनु दुर्भाग्यपूर्ण रहेको, वातावारण तथा वन संरक्षणमा र तराई–मधेश समृद्ध सिँचाइ आयोजनामा कम बजेट विनियोजन गरिएकामा अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । सो आयोजनामा गर्त वर्ष रु दुई अर्ब ३० करोड विनियोजन भएको थियो ।
उहाँले मानव सूचांक, जनसंख्या र भूगोलका आधारमा समान रुपले बजेट विनियोजन नभएको र प्रदेशलाई कमजोर बनाउने खालको बजेट आएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका रामनारायण विडारीले बजेटको मुख्य ध्येय पुराना योजनालाई पूरा गर्दै नयाँ योजना कार्यान्वयन गर्ने पद्धति बसाल्नु भएको, र जलमार्ग, रेलमार्गजस्ता नयाँ कुरा आउनु स्वाभाविक हो भन्नुभयो ।उहाँले जलविद्युत्, भौतिक पूर्वाधार, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा उचितरूपले बजेट विनियोजन भएको बताउनुभयो ।
सोही पार्टीका खेमराज नेपालीले सामाजिक विकास र सांस्कृति रुपान्तरणमा बजेटले ध्यान दिएको, दलित तथा सीमान्तकृत समुदायलाई माथि उठाउन बजेटले ध्यान दिएको बताउनुभयो ।

नेपाली काँग्रेसका रमेशजंग रायमाझीले वृद्धभत्ता नबढाएकोमा आपत्ति जनाउँदै करको दायरा बढाउन भन्दा करको दर बढाएकाले अर्थतन्त्र आरोलो लाग्ने बताउनुभयो । छलफल जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयुष्मानको काखमा प्रियंका
आयुष्मानको काखमा प्रियंका
पाँचथरमा ५० प्रतिशतभन्दा बढी मतदान
पाँचथरमा ५० प्रतिशतभन्दा बढी मतदान
बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो, २० घाइते, २४ जना बेपत्ता
बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो, २० घाइते, २४ जना बेपत्ता
प्रचण्ड चितवनको सभामा सहभागी हुने, सम्बोधन अाेली र बादलले गर्ने
प्रचण्ड चितवनको सभामा सहभागी हुने, सम्बोधन अाेली र बादलले गर्ने
भोली ‘स्याक्समाण्डु’मा गुन्जिदै शुभबहादुर
भोली ‘स्याक्समाण्डु’मा गुन्जिदै शुभबहादुर
तालिम केन्द्रकाे जग्गा र १८करोड गाडि दुबै कांग्रेसकालिन निर्णय
तालिम केन्द्रकाे जग्गा र १८करोड गाडि दुबै कांग्रेसकालिन निर्णय
विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सुशासन समितिद्वारा निर्देशन
विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सुशासन समितिद्वारा निर्देशन
हेटौंडालाई उत्कृष्ट बनाँए, मुख्यमन्त्री भए प्रदेश नं. ३ लाई उत्कृष्ट प्रदेश बनाउँछु : पौडेल
देश गृहयुद्धमा होमिन सक्ने भेनेजुएलाका ¬राष्ट्रपति मदुरोको चेतावनी
देश गृहयुद्धमा होमिन सक्ने भेनेजुएलाका ¬राष्ट्रपति मदुरोको चेतावनी
नर्भिकमा मुटु दिवसको तयारी, आज विहानै प्रभातफेरि
नर्भिकमा मुटु दिवसको तयारी, आज विहानै प्रभातफेरि

तपाईंले छुटाउनुभयो कि?