सत्तारुढ दलकै सांसदद्वारा प्रहरी महानिरीक्षक खनालको राजीनामा माग

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २४, २०७५
|
|
१५ पटक हेरिएको
Shares
सत्तारुढ दलकै सांसदद्वारा प्रहरी महानिरीक्षक खनालको राजीनामा माग

सारांश

  • काठमाडौं, २४ मंसिर।
  • सत्तारुढ संघीय समाजवादी फोरम, नेपालले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेको छ।
  •   संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ गर्न नसकेकोमा आपत्ति जनाउँदै प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गरेकी हुन्।

काठमाडौं, २४ मंसिर। सत्तारुढ संघीय समाजवादी फोरम, नेपालले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेको छ।  संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ गर्न नसकेकोमा आपत्ति जनाउँदै प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गरेकी हुन्।

सोमबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिले मुलुकको सुशासनको अवस्था कमजोर हुँदै गइरहेको अवस्थाबारे छलफल गर्न प्रहरी महानिरीक्षक खनाललाई बोलाएको थियो। समितिको सोही बैठकमा बोल्दै सांसद कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ गर्ने आँट गर्न नसक्ने प्रहरी महानिरीक्षक खनाल पदमा रहिरहन नमिल्ने तर्क गरिन्। उनले सो हत्याकाण्डको अनुसन्धानको नाममा निर्दोषलाई पक्राउ गरी यातना दिने काम अभिलम्ब बन्द गर्न पनि प्रहरी महानिरीक्षक खनालको गम्भिर ध्यानाकर्षण गराइन्।  सांसद कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ किन नगरेको भनि प्रहरी महानिरीक्षक खनाललाई पटक–पटक प्रश्न गरिन्।

उनले प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षाको नेतृत्व लिन नसके अरु प्रहरी अधिकृतहरु सक्षम रहेको दावी समेत गरिन्। गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सरकारले अझै पक्राउ गर्न नसकेपछि त्यसको सर्वत्र आलोचना भईरहेको छ।

(Ativan)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?