प्रधानन्यायाधीश बन्लान राणा! आज सुनुवाई हुँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
प्रधानन्यायाधीश बन्लान राणा! आज सुनुवाई हुँदै

सारांश

  • काठमाडौं ।
  • सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको आज सुनुवाई हुँदैछ ।
  • जबराको संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीश बनाउने नबनाउने भन्ने टुंगो लगाउनेछ ।

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको आज सुनुवाई हुँदैछ । जबराको संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीश बनाउने नबनाउने भन्ने टुंगो लगाउनेछ । राणाविरुद्ध परेको उजुरीका विषयमा शुक्रबार बैठक बसी छलफल गरिसकेको छ । उनको आज आइतबार दिउसो सुनुवाई हुँदैछ ।

राणाविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ वटा उजुरी परेका छन् । ती उजुरी फरक फरक व्यक्तिले दर्ता गरेका हुन् । उनको कार्यकालमा भएका फैसलाहरुको आधारमा उनलाई प्रधानन्यायाधीशका लागि योग्य नभएको प्रश्न उठाउँदै उजुरी गरेका छन् । संसदको समितिले आज तिनै विषयमा प्रश्न सोध्दै सुनुवाई गर्नेछ ।

कांग्रेसका तत्कालीन नेता जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचार मुद्दामा सफाई दिएको, पर्साको छपकैया पोखरीको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने फैसला गरेको, पूर्व राजा ज्ञानेन्द्रकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहको दाइजोको मुद्दा सदर गर्दा रकम लिएको लगायतका उजुरी समितिमा परेका छन्।

संवैधानिक परिषद्ले मंसिर २७ गते राणालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। न्याय सम्पादनका क्रममा न्यायाधीश राणाले रकम लिएको र उनको सम्पत्ति छानबिन हुनुपर्ने उजुरीकर्ताले माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?