अर्धभूमिगत भएका पूर्वडिआइजी नवराज सिलवाल बालुवाटारमा यसरी भए प्रकट

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ७, २०७४
|
१
|
५५ पटक हेरिएको
Shares
अर्धभूमिगत भएका पूर्वडिआइजी नवराज सिलवाल बालुवाटारमा यसरी भए प्रकट

सारांश

  • काठमाडौं, ७ फागुन ।
  • प्रहरीले निरन्तर खोजी गरेको भनिएका पूर्वडिआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट एमालेबाट निर्वाचित सांसद नवराज सिलवाल प्रधानमन्त्री निवास बालुवाटारमा प्रकट भएका छन् ।
  • एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित सिलवाल प्रधामन्त्री केपी शर्मा ओलीलाई भेट्न सोमवार साँझ बालुवाटार पुगेका हुन् ।

काठमाडौं, ७ फागुन । प्रहरीले निरन्तर खोजी गरेको भनिएका पूर्वडिआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट एमालेबाट निर्वाचित सांसद नवराज सिलवाल प्रधानमन्त्री निवास बालुवाटारमा प्रकट भएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित सिलवाल प्रधामन्त्री केपी शर्मा ओलीलाई भेट्न सोमवार साँझ बालुवाटार पुगेका हुन् ।

आइजीपीमा बढुवाका लागि कीर्ते कागजात पेश गरेको अभियोगमा सिलवाललाई प्रहरीले लामो समयदेखि खोजिरहेको थियो । प्रहरीले निरन्तर खोजी गरिरहेपछि उनी केही महिनायता अर्धभूमिगत जस्तै थिए । शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा सिलवाललाई पक्रन प्रहरीको टोली ललितपुरका गोदावरीसहितका क्षेत्रमा परिचालित गरिएको थियो । तर उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । उनीमाथि मुद्दा चलाउने देउवा सरकारको प्रयास पनि विफल भएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएलगत्तै उनी बालुवाटारमै फेला परेका हुन् । आइजीपी बढुवाका लागि पहिलो वरियतामा रहेका भनिएका सिलवाललाई देउवा सरकारले रोकेको थियो । त्यसपछि उनी प्रहरीबाट राजीनामा दिएर एमालेमा प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरेलगत्तै एमालेले ललितपुर १ बाट प्रतिनिधि सभाका लागि टिकट दिएको थियो ।

तत्कालीन देउवा सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गरेपछि सिलवालले सर्वोच्च गुहारेका थिए । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै चन्दको नियुक्ति तत्काल कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको थियो । पछि कासमू अंकका आधारमा पनि सिलवालकै बढी रहेको भन्दै कार्की सम्मिलित ५ न्यायाधीशको पूर्ण इजलासले चन्दलाई बर्खास्त गर्दै बढी कासमू रहेकालाई आइजीपी नियुक्त गर्न सरकारको नाममा परमादेश जारी गरेको थियो ।

तत्कालीन डीआईजी प्रकाश अर्यालले आफ्नो कासमू बढी रहेको भन्दै अदालतमा रिट हालेका थिए । तर, उनले पछि रिट फिर्ता लिएका थिए । सरकारले अर्यालकै कासमू बढी रहेको भन्दै प्रकाश अर्याललाई आइजीपी नियुक्त गरेको थियो ।

सिलवालले पुनः आफ्नो कासमू बढी हुँदाहुँदै अर्याललाई नियुक्ति गरेको भन्दै दोस्रोपटक सर्वोच्च गुहारेका थिए । प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ जनाको पूर्ण इजलासले अर्यालकै कासमू बढी भएको र आइजीपी नियुक्ति सरकारको अधिकार क्षेत्रभित्र पर्ने फैसला गरेको थियो ।

फैसलाको पूर्ण पाठले सिलवालले पेस गरेको कासमू र सरकारी कार्यालयमा रहेको कासमू फरक पर्न गएपछि गोप्य रहनुपर्ने कासमू कसरी बाहिरियो भन्दै छानबिन गर्न सरकारलाई आदेश दिएको थियो । सोही आदेशअनुरूप महानगरीय प्रहरी परिसर टेकुले कीर्ते कासमूबारे छानबिन गर्न पुस ५ गते जाहेरी दर्ता गरेको थियो ।

सरकारी छाप दस्तखत मुद्दा फौजदारी मुद्दा भएकाले प्रहरीले छानबिन अगाडि बढाएको थियो । परिसरले लोकसेवा आयोग, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयलाई पत्राचार गरी कार्यसम्पादन मूल्यांकनको फारम मागेको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Dhara Rai

    Lukako manxe niskada k news

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिस क्विन लेखनाथको फाईनल शनिबार हुने !
मिस क्विन लेखनाथको फाईनल शनिबार हुने !
रेडियोधर्मी पदार्थको सम्बन्धमा निर्देशन दिन शक्तिशाली निर्देशक समिति
रेडियोधर्मी पदार्थको सम्बन्धमा निर्देशन दिन शक्तिशाली निर्देशक समिति
आज राष्ट्रपति निर्वाचन:  मुलुकले तेश्रो राष्ट्रपति पाउँदै
आज राष्ट्रपति निर्वाचन: मुलुकले तेश्रो राष्ट्रपति पाउँदै
रहस्यमय ढंगले विमानस्थलमा प्रवेश गर्छ यो हवाई जहाज, विश्वास गर्नै गाह्रो (भिडियो सहित )
रहस्यमय ढंगले विमानस्थलमा प्रवेश गर्छ यो हवाई जहाज, विश्वास गर्नै गाह्रो (भिडियो सहित )
बिजुक्छेबाट मतदान
बिवेकशिलको घोषणा: काठमाडौं महानगरका मेयर/उपमेयरमा दुबै महिला उम्मेदवार
बिवेकशिलको घोषणा: काठमाडौं महानगरका मेयर/उपमेयरमा दुबै महिला उम्मेदवार
छानबिनको दायरामा ब्रिटिस काउन्सिल
समानुपातिक निर्वाचनको ताजा दलगत स्थिति
समानुपातिक निर्वाचनको ताजा दलगत स्थिति
पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती ‘मुनाको हत्यापछि कामदारले गरे आत्महत्या’
पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती ‘मुनाको हत्यापछि कामदारले गरे आत्महत्या’
पेरिस ओलम्पिक: ३६ देशले जिते पदक, ६ स्वर्णसहित जापान शिर्ष स्थानमा
पेरिस ओलम्पिक: ३६ देशले जिते पदक, ६ स्वर्णसहित जापान शिर्ष स्थानमा